रविन्द्र अधिकारीले सोमबार ८ र १५ मा घर दैलो

पोखरा, २७ कार्तिक/कास्की निर्बाचन क्षेत्र न २  न का बाम उम्मेद्वार रबिन्द्र अधिकारिलाइ क्षेत्रका मतदाता र जनताले राम्रो हौसला र उत्साह प्रदान गरेका छन् ।

निर्बाचन प्रचार प्रसारका क्रममा जनताको घर दैलो र भेटघाटमा ब्यस्त नेकपा एमालेका केन्द्रिय सदस्य समेत रहेका बाम गठबन्धन कास्की २ का उम्मेद्वार रबिन्द्र अधिकारीलाई जनताले हौसला दिएका हुन् ।

बाजगाजा फुल मालाका साथ स्वागत गर्दै मतदाताले प्रेरणा दिएका छन् । नेता अधिकारीले सोमबार पोखरा लेखनाथको वडा न ८ र १५ मा भेटघाट र घर दैलो गरेका छन् ।

अधिकारी संगै भन्छन” बा आमाले बिकासका इन्द्रलाई भोट हाल्नु रबिन्द्रलाई” भन्दै नेपालका ख्यातिप्राप्त कलाकारहरु प्रजापती पराजुली, जीवन दाहाल, तारापती सुवेदीको साङितिक साथले थप रौनक दिएको बताइएको छ ।

कमेन्टहरु
Loading...