सरकारले जनतालाई निराशा बाँड्यो–संयोजक रविन्द्र मिश्र

पोखरा ११, कात्तिक/ विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रले सरकारले जनतालार्य निराशा मात्रै बाँडेको आरोप लगाएका छन् । आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा दुई तिहाईको सरकार भए पनि जनताका लागि काम गर्न नसकेको बताए ।

उनले अस्थिर राजनीतिबाट थलिएको देशलाई समृद्धितर्फ लम्काउन जनताले दिएको दुई तिहाईको सरकार हुँदा पनि केही गर्ने नसकेको उनको भनाई थियो ।  विवेकशील साझा पार्टीको संगठन विस्तार दौरानमा पोखरा आइपुगेका पार्टी संयोजक मिश्रले प्रधानमन्त्रीका दिनहुँ जसो सार्वजनिक भइरहने अभिव्यक्ति प्रति पटाक्षेप गर्दै उनले भने, ‘पहिले घरघरमा ग्याँस पाइप, अहिले चुलोचुलोमा बिजुली लाइन प्रधानमन्त्रीको बोलिमै गैर जिम्मेवारीपन देखिन्छ ।’

कञ्चनपुरकी निर्मला पन्तको बलात्कार पछि हत्या भएको घटना उल्लेख गर्दै संयोजक मिश्रले दोषि पक्राउ पर्न १२ वर्षसम्म लाग्छ भन्नु सरकारले निरिहता प्रदर्शन गरेको बताए । अस्थिर राजनीतिले गाँजेको मुलुकलाई स्थीर गतिमा लैजान जनताले अपेक्षित परिणाम दिएको भएपनि सरकारले आत्मसात गर्न नसकेको उनको आशय थियो ।

पार्टीका प्रवक्ता डा.सुर्यराज आचार्यले समाज सुशासन सहितको रुपान्तरणका लागि विवेकशील साझा अघि बढिरहेको जनाए । शनिबार भएको विवेकशील साझा पार्टीको भेलाले गण्डकी प्रदेशको संयोजकमा महेश भण्डारीलाई चयन गरेको थियो ।

कमेन्टहरु
Loading...