भुमिहिनको समस्या दिर्घकालिन रुपमा समाधान हुन्छः प्रचण्ड

पोखरा, २७ फागुन /नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भुमिहिनहरुको समस्या दिर्घकालिन रुपमा समाधान नभएका पचासौं वर्ष पछाडि धकिलिने बताएका छन् ।

सोमबार, राष्ट्रिय भुमी अधिकार मञ्च नेपालको पाँचौ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्न पोखरा पुगेका उनले यस्तो बताएका हुन् । पार्टी र नेताका लागि भुमीहिनको समस्या समाधानका लागि ठुलो चुनौति र अवसर पनि रहेको उनले सुनाए ।

सरकारको १ वर्ष सकिई सकेको र अझै ४ वर्ष बाँकि रहेको हुनाले दीर्घकालिन समस्या समाधानको दिशा पहिल्याएर अघि बढेमा पार्टी अझै लोकप्रिय हुने र देश तिव्र विकासको गतिमा दौडिने र त्यसो गर्न नसकेमा देशले अझै अप्ठ्यारो स्थिति झेल्नु पर्ने स्थिति रहने उनको भनाई छ ।

नेपालमा आर्थिक समृद्धिको कुरा भुमी सुधारसँग जोडिएको उनले सुनाए । सम्मेलनमा भुमी व्यवस्था सहकारी तथा गरिबी निवाराण मन्त्री पद्मा अर्यालले अब झण्डा बोकेर हिड्न नपर्ने साथै बैज्ञानिक रुपमा भुमिको समस्या समाधान हुने बताइन । भुमीहिनहरुलाई धेरै चिन्ता गर्न नपर्ने साथै छलफलमा आएर सरकारलाई सहयोग गर्न समेत आग्रह गरिन् । सम्मेलनमा नेपाली कांग्रेशका नेता रामशरण महत लगाएतले शुभकामना दिएका थिए ।

कमेन्टहरु
Loading...