कोरोना भाइरसबारे अनावश्यक राजीतिकरण भयोः नेकपा अध्यक्ष दाहाल

पुष्पकमल दाहाल
217

पोखरा, २२ माघ / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चीनमा कोरोना भाइरसबारे अनावश्यक राजनीतिकरण गरेको बताएका छन् ।

प्रेस संगठन कास्कीले पोखरामा बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्व प्रधानमन्त्री समेत रहेका दाहालले ‘चीन नरुचाउने एकथरी मानिसहरुले राजनीति गरेर वातावरणलाई त्रसित बनाउने काम गरेको बताए । उनले पश्चिमा शक्तिले अनावश्यक प्रचार गरेर वातावरण दुषित बनाउने काम गरेको भन्दै चीन सरकारको विदेश मन्त्रालयले यसबारे वक्तव्य नै निकालेको बताए ।

सन् २००८ मा अमेरिकाको एक सहरमा देखा परेपछि विश्वभरि नै चिन्ता जाहेर भयो । त्यसबेला २ लाख ५० हजार मानिस मरेका थिए । चीनमा हाल ४ सय हाराहारीमा मानिस मरेको अवस्थामा पनि गलत ढंगबाट प्रचार गरिएको भनी चीनले वक्तव्य नै जारी गरेको छ । यसरी के बुझ्न सकिन्छ भने कोरोनाबारे राजनीतिकरण भएको छ ।’

नेता दाहालले नेकपाले बनाएको एमसीसी अध्ययनका कार्यदलले दिएको प्रतिवेदन जस्ताको तस्तै पास गर्नुपर्छ भन्ने नरहेको स्पष्ट पारे । उनले पार्टीले कार्यदल गठन गर्नुको उद्देश्य एमसीसीबारे सबैलाई बुझ्न र बुझाउनका लागि भएको बताए । उनले राष्ट्रिय हितविपरीत कुनै पनि विषयमा सम्झौता नहुने भन्दै प्रतिवेदन सचिवालयमा आइसकेपछि पार्टीले आवश्यक निर्णय गर्ने बताए ।

नेकपाको बैठकले १० दिनभित्र प्रतिवेदन बुझाउने गरी गत माघ १९ मा झलनाथ खनाल संयोजक रहेको ३ सदस्यीय कार्यदल गठन गरेको हो । कार्यदल सदस्यमा प्रदीप ज्ञवाली र भीम रावल छन् ।
सीमा विवादको बारेमा बोल्दै उनले सरकारको तर्फबाट नेपालको इतिहासमै पहिलो पटक भारतलाई डिप्लोमेटिक नोट पठाउने काम भएको जानकारी दिए । आफूहरुले सर्वदलीय, सर्वपक्षीय बैठक बोलाएर यसबारे कुरा गरेको र सरकारतर्फबाट डिप्लोमेटिक नोट पठाइएको भन्दै भारततर्फबाट संवाद गर्ने कुरा आइसकेको दाबी गरे ।

पोखराको फेवाताल किनारको रत्नमन्दिर र हिमागृह पहिले खोल्ने भनिएकोमा हाल नखोलेको भन्नेबारे आफूले काठमाडौंमा गएर प्रधानमन्त्री सगँ वार्ता गर्ने बताए । एनसेलले कर नतिरको प्रकरणबारे पत्रकारको जिज्ञासामा उनले अदालतले जे फैसला ग¥यो, त्यो सबैले सम्मान गर्नेखालको रहेको र एक किमिसले टुंगो लागिसकेको बताए ।

Covid-19 कोरोना भाइरस संक्रमणबाट बच्न र बचाउन गण्डकी प्रदेश सरकारको अपिल

Covid-19 कोरोना भाइरस संक्रमणबाट बच्न र बचाउन गण्डकी प्रदेश सरकारको अपिल

Get real time updates directly on you device, subscribe now.

👇 यी पोस्टहरु पनि हेर्नुहोस् ।
Loading...