बजेटपछि मन्त्री हेरफेर हुन्छन् —प्रचण्ड

पोखरा, ५ असार /नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले बजेट पछि सरकारमा रहेका केही मन्त्रीहरु हेरफेर हुने बताएका छन् ।

प्रेस संगठन कास्कीले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता दाहालले मन्त्री हेरफेरका लागि प्रधानमन्त्री केपी ओली सगँ पनि छलफल भईरहेको बताए ।

‘बजेटपछि सरकार पुनर्गठन गर्नुपर्छ भन्ने कोणबाट प्रधानमन्त्री र मेरोबीचमा कुराकानी भएको छ ।’ उनले भने ‘अहिले नै कुनै निर्णय भएको छैन । प्रधानमन्त्रीले चाहेको बेलामा पुनर्गठन हुन सक्छ ।’
सरकार र पार्टी संचालनका बारेमा भएका सहमती पहिले नै आएको बताउदै उनले पहिलो नै भएका कुरालाई अहिले भनेर कोही खेल्न खोजेको बताए ।

उनले बदलिएको नयाँ परिस्थितमा नयाँ सहमती गरेर अगाडी बढ्न सकिने बताए । पाँच बर्ष एउटाले सरकार र अर्कोले पार्टी चलाउने सक्ने बताए ।

उनले पार्टी एकताका बाँकी कामलाई पूर्णता दिन आफू र ओलीबीच कुराकानी भइरहेको र शनिबार सचिवालय बैठक राखिएको बताए । उनले गुठी लगायतका केही विधेयकमा सरोकारवाला सगँ छलफल नगरी लैजादा अुन्तुष्टि आएको बताए ।

एकातिर विधेयकबारे सबैलाई समयमै बुझाउन नसकेको र अर्को विधेयक निर्माणका क्रममा सरोकारबाला छलफल आवश्यक रहेको बताए । उनले विप्पलव उल्टो बाटोबाट हिडेको बताउदै उल्टोबाटोबाट कहिँ नपुगिने बताए ।

कमेन्टहरु
Loading...