प्रचण्डले विप्लपलाई भने – ‘नक्कल गरेर प्रचण्ड बनिदैन’

पोखरा, २७ फागुन/नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का एक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धको नक्कल गरेर नयाँ ब्यवस्था ल्याउन अब कठिन भएको बताएका छन् । सोमबार पोखरा विमानस्थलमा प्रेस संगठन कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा दाहालले विप्लव समूहले गरेको क्रियाकलाप जनयुद्धको नक्कल भएको भन्दै त्यसले गन्तब्यमा पुग्न नसक्ने बताए ।

उनले आफुहरुले २५ वर्ष पहिले गरे जस्तै नक्कल गरे काम गर्दा कुनै पार नलाग्ने बताए । ‘मैले उहाँहरुलाई राम्रो सगँ चिन्छु,’ दाहालले भने ‘नेत्रबिक्रम चन्द्र लामो समय सम्म म सगँ सचिब भएर काम गरेका हुन्, २०५२ सालमा गरे जस्तै नक्कल गरे पार लाग्दैन ।’ उनले त्यो बेलाको परिस्थिति र अहिलेको परिस्थितिमा धेरै परिर्वतन आएको बताए ।

‘उनले अघि भने–फेरि प्रचण्डले गरेको जस्तै नक्कल गरेर म पनि प्रचण्ड हुन्छु भनेर सोच्नु विल्कुल मनोगत हुन्छ । त्यो इतिहासले एउटा कालखण्डमा एउटा विचार र नेतृत्वलाई अगाडी ल्याउने गर्छ । मेरो साथीहरुलाई के भनाई छ भने त्यसो गर्न छोडेर अहिलेको संघिय गणत्रन्त्रको अवसरलाई उपयोग गर्नुहोस् ।’

उनले वार्ता सम्बादबाट समस्या समाधान गरे मुलधारको राजनीतिमा नै आउन सुझाब दिए । पुर्व प्रधानमन्त्री समेत रहेका दाहालले सिके राउतसँग सरकारले गरेको सम्झौता संविधानको मर्म र भावना अनुसार नै रहेको भन्दै कुनै शंका नगर्न आग्रह गरे ।

जनमत संग्रहको सम्झौता नभएको भन्दै उनले सम्झौता अनुसार नचले सरकारले एक्सन लिने बताए । उनले केही दिनभित्रै पार्टी एकीकरण पूरा हुने बताएका छन् । पार्टी एकीकरणका लागि अर्का अध्यक्ष केपी शर्मा ओली सगँ सोमबार मात्रै पनि छलफल भएको बताए ।

भिडियो https://www.facebook.com/MyGanthan/videos/415958202544051/

 

कमेन्टहरु
Loading...