Ganthan News Pokhara
All news from Pokhara & around

प्रहरीको दमनप्रति कास्की काँग्रेसद्वारा निन्दा

पोखरामा नेविसंघ र प्रहरी झडप, गोली चल्यो, ४ घाईते, ६ राउण्ड अश्रुग्याँस प्रहार तस्बिरः विजय नेपाली
0

पोखरा, ३० जेठ / नेपाली काँग्रेस कास्कीले नेवि संघका विद्यार्थीमाथि भएको प्रहरी दमनप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

कास्की काँग्रेसका सचिव सुदिपमोहन भट्टराईद्वारा हस्ताक्षरित विज्ञप्तिमा विद्यार्थीको शान्तिपूर्ण प्रदर्शनमा भएको प्रहरी दमनको निन्दा गरिएकोे छ ।

विज्ञप्तिमा शान्तिपूर्ण रुपमा प्रदर्शन गर्न पाउँने संवैधानिक अधिकारको समेत बेवास्ता गरी सरकारको निर्देशनमा भएको घटनाले सरकार सर्वसत्तावादतर्फ उन्मुख भएको उल्लेख छ ।

विज्ञप्तिमा प्रहरी दमनमा परी घाइते भएका विद्यार्थीको शिघ्र स्वास्थ्यलाभको कामना गर्दै आउदा दिनमा यस्ता घटना नदोहो¥याउन चेतावनी समेत दिइएको छ ।

पेट्रोलियम पदार्थ सहित दैनिक उपभोग्य सामग्रीमा भएको मूल्य बृद्वि विरुद्व नेपाल विद्यार्थी संघ कास्कीले मंगलबार बगरमा गरेको मसाल जुलुस प्रदर्शनमा प्रहरी दमन भएको थियो ।

Get real time updates directly on you device, subscribe now. (अपडेटहरू सिधै तपाइँको ब्राउजरमा प्राप्त गर्न सब्स्क्राइब् गर्नुहोस्।

अरु सम्बन्धित खबरहरु