नेकपा गण्डकी प्रदेशको प्रमुख सचेतकमा मायानाथ अधिकारी

पोखरा, २५ पुस/ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गण्डकी प्रदेश संसदीय दलको प्रमुख सचेतकमा मायानाथ अधिकारी र सचेतकमा गायत्री गुरुङ चयन भएका छन् ।

दुई दल एकीकरण भएर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) यस अगाडी दुई जना सचेक रहेका थिए । दलको मंगलबार बसेको बैठकले प्रमुख सचेतक छानेको छ ।

तत्कालीन नेकपा एमालेका सचेतक मायानाथ अधिकारीलाई नै प्रमुख सचेतक जिम्मेवारी नेकपाले दिएको छ । तत्कालीन माओवादीको सचेतक रहेकी गायत्री गुरुङ एकीकरणपछि बनेको नेकपाको सचेतक बनेकी हुन् ।

कमेन्टहरु
Loading...