Ganthan News Pokhara
All news from Pokhara & around

पोखराका कांग्रेस नेता रेग्मीको निधन

0

काठमाडौं, ४ माघ/पोखराका नेपाली कांग्रेसका पुराना नेता केशव रेग्मीको निधन भएको छ । लामो समयदेखि श्वासप्रश्वासको रोगबाट ग्रसित रेग्मीको उपचारका क्रममा बिहीकार निधन भएको हो ।

कांग्रेस कास्कीका पूर्व सचिवसमेत रहेका रेग्मीको बिहीबार राति काठमाडौ गोँगबुमा निधन भएको हो । लामो समयदेखि श्वासप्रश्वास रोगबाट ग्रसित रेग्मीलाई ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल उपचार पछि केही दिन अगाडि मात्र निवासमा ल्याइएको थियो ।

पशुपति आर्यघाटमा शुक्रबार बिहानै उनको अन्त्येष्टि गरिएको छ । यसअघि उनको पार्थिव शरीरमा कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल तथा महामन्त्री डा शशांक कोइरालाले पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गरे ।

२०२३ सालमा गण्डकी छात्र समितिको सदस्य भएका रेग्मीले नेपाल विद्यार्थी सघंको स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । स्व. रेग्मीले मुलुकमा प्रजातन्त्र स्थापनाका लागि पटकपटक गरी पाँच वर्ष जेलजीवन बिताएका थिए ।

अरु सम्बन्धित खबरहरु

कमेन्ट गर्नुहोस्