पोखरा महानगरः बढाइएको कर फिर्ता लिन काँग्रेसको माग

पोखरा, ३ भदौ / नेपाली काँग्रेस पोखरा महानगर समितिले बढाइएको कर तत्काल फिर्ता लिन माग गरेको छ । समितिले

आइतबार पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसिलाई ध्यानाकर्षण पत्र बुझाउँदै बढाइएको कर तत्काल फिर्ता लिन

माग गरेको हो ।

ध्यानाकर्षण पत्रमा विकासका पूर्वाधार खडा गरी क्रमश ः करको दर भन्दा दायरालाई फराकिलो पार्नु पर्नेमा स्वायत्तत्ताको

नाममा अस्वभाविक रुपमा बढाइएको करप्रति ध्यानाकर्षण भएको उल्लेख छ ।

नेपाली काँग्रेस पोखरा महानगर समितिका सभापति बजिरमान श्रेष्ठ, सहसभापति राजेन्द्रमणि लामिछाने, उपसभापतिद्वय

सुरेन्द्रमान बिजुक्छे र डम्बरबहादुर थापाद्वारा हस्ताक्षर गरी बुझाइएको ध्यानाकर्षण पत्रमा बढाइएको कर फिर्ता नलिए

जनताको पक्षमा थप दबाबमूलक कार्यक्रमका साथ अघि बढ्ने चेतावनी समेत दिइएको छ ।

ध्यानाकर्षण पत्रमा करको दरमा तीनदेखि सात गुणासम्म बृद्वि गरिदाँ नगरबासिलाई नकारात्मक प्रभाव परेको उल्लेख छ ।

२०७२ असोज १ गते तत्कालिन पोखरा उपमहानगरपालिका र लेखनाथ नगरपालिकाले एकिकृत सम्पत्ति कर लागु गर्दा

आगामी पाँच वर्षसम्म कर नबढाउने निर्णय गरेको समेत स्मरण गराइएको छ ।

त्यस्तै, कर बढाउने नाममा एकै व्यत्तिलाई दोहोरो, तेहरो करको चपेटमा परेकोभन्दै समससापेक्ष र वैज्ञानिक कर प्रणाली लागु

गर्न पनि माग गरिएको छ ।

कमेन्टहरु
Loading...