पोखरा विश्वविद्यालयको स्ववियु निर्वाचनमा समानुपातिकमा एमाले नै पहिलो

लेखनाथ, ३० चैत्र/पोखरा विश्वविद्यालयमा गत चैत्र २१ गते सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको चुनावको समानुपातिकको सुचि प्रकाशन भएको छ ।

समानुपातिकमा एमाले निकट विद्यार्थी संघ अनेरास्ववियुले ४ सिट, काग्रेस निकट विद्यार्थी संघ नेपाल विद्यार्थी संघले ३ सिट र माओवादी निकट विद्यार्थी संघ अखिल क्रान्तिकारीले १ सिट प्राप्त गरेको थियो ।

अनेरास्ववियुवाट इश्वरलाल कर्ण, प्रतिक्षा गैरे, वसन्त श्रेष्ठ, होमेन्द्र यादव, नेविसंघवाट उज्जवल चापागाई, विष्णु सुवेदी, सुभाष खड्का, अखिल क्रान्तिकारीवाट आश्रिता सुवेदी रहेका छन् ।

स्ववियु निर्वाचन समितीले केही रहेका विवादलाई टुंगाएर विवाद रहित नतिजा प्रकाशन गरेको समितीका संयोजक राजे ठगुराठीले जानकारी दिए ।

कमेन्टहरु
Loading...