प्रधानमन्त्रीलाई पोखरामा कालोझण्डा देखाउने नेविसंघ र नयाँ शक्तिका विद्यार्थी पक्राउ

पोखरा, ३ साउन /प्रधानमन्त्री केपी शर्मा ओलीलाई पोखरामा विद्याथीहरुले कालो झण्डा देखाएका छन् । नेविसंघ र नयाँ शक्तिका विद्यार्थीहरुले प्रधानमन्त्रीलाई कालो झण्डा देखाएका हुन् ।

गण्डकी प्रदेशको प्रदेशसभालाई सम्बोधन गर्न पोखरा आएका ओलिलाई अमरसिंह चोक र प्रदेशसभा भवन अगाडी नाराबाजी सहित कालोझण्डा देखाउृने र देखाउन खोज्नेलाई प्रहरीले पक्राउ गरेको हो । गोविन्द केसीको मागमा सरकार जिम्मेवार नभएको उनीहरुको आरोप छ ।

प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नेविसंघ केन्द्रीय सदस्य भानु ढकाल, नेविसंघका समित केसी, परशुराम बस्नेत, दिपक शर्मा वाग्ले, राज आचार्य, बिकास थापा, शिखर पौडेल, बिमल गौतम, रबिन्द्र भण्डारी, तिलक पौडेल, सुबास अधिकारी, प्रकाश रमण अधिकारी, पशुपति भट्टराई, गोविन्द नेपाली, विक्रम गिरी, दुर्गा लम्साल नयाँशक्तिका रेशम सापकोटा र नेत्र चापागाईं लगायत छन् ।

निषेधित क्षेत्रमा प्रदर्शन गरेकोले पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुलाई प्रधानमन्त्री काठमाडौ फर्किए पछि प्रहरीले छाडेको छ ।
कमेन्टहरु
Loading...