Sahara

पोखरा लेखनाथ -११ मा काँग्रेसको प्रचार कार्यालय

63

पोखरा, ७ बैशाख/नेपाली काँग्रेस पोखरा लेखनाथ महानगरपालिका वडा न. ११ ले चुनाव प्रचार प्रसारका लागि बिहीबार कार्यालय स्थापना गरेको छ।चुनाव सम्वन्धी गतिविधिलाई व्यवस्थित गर्नका लागि फुलबारीमा कार्यालय स्थापना गरिएको हो।कार्यालयको उद्घाटनगर्दै कास्की काँग्रेसका सभापति कृष्ण केसीले मुलुकको भविष्यका लागि काँग्रेसलाई जिताउन आग्रह गरे।

त्यसअवसरमा कास्की काँग्रेसका उपसभापति हरि आचार्य, क्षेत्र नं २ का सभापति माधव बास्तोलॉ मधु’, पोखरा लेखनाथ महानगरपालिकाका सभापति बजिरमान श्रेष्ठ, जिल्ला सदस्य नवीन सिग्देल, पूर्वमहाधिवेशन प्रतिनिधि निर्मलप्रसाद कर्माचार्य, पूर्व जिल्ला सहसचिव मुकुन्द बास्तोलॉ ज्वाला’, नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य देवकृष्ण काफ्ले, पूर्व इकाइ सभापति दामोदर बास्तोला, क्षेत्रीय प्रतिनिधि तीर्थकुमारी गुरुङ, युवा परिचालन समितिका संयोजक श्रीप्रसाद बास्तोला, नवप्रवेशी विपिन तामाङले बोलेका थिए।

नेपाली काँग्रेस पोले–११ का सभापति बोधराज घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा मोहनप्रसाद बास्तोलाले स्वागत र सचिव बसन्त कोइरालाले सञ्चालन गरेका थिए।