पोखरा महानगरपालिका वडा नम्बर २२, २३, २४, २५ र २६ का वडा अध्यक्षमा आकांक्षीहरु

पोखरा, २० चैत /आउँदो स्थानीय तहको निर्वाचन नजिकिदै जादा टोल, गाउँघर, वडा सबै तिर निर्वाचन कै चर्चा छ । कास्कीबाट ७२ जना वडा अध्यक्ष निर्वाचित हुनेछन् । त्यसमध्ये ३३ जना पोखरा लेखनाथ महानगरपालिकामा मात्रै हुनेछन् ।

पोखरा लेखनाथ महानगरपालिकाको ३३ वटै वडामा वडाध्यक्षको लागि आकांक्षा देखाउनेको सूची निकै लामो छ । पोखरा लेखनाथमा आकांक्षा व्यक्त गर्ने, कार्यकर्ताले मन पराएकाहरु पनि छन् ।  पोखरा लेखनाथ महानगरपालिकाको अध्यक्षमा चर्चामा रहेकाहरु ।

वडा नम्बर २२ मा काँग्रेसका देउकाजी गुरुङ, मातृका बराल, राज बहादुर गुरुङ, असोक गुरुङ, एमालेका त्रिलोचन बराल, मित्रलाल बराल, प्रकाश गुरुङ र माओबादीका नवराज बराल, केशव पौडेल नयाँ शक्तिबाट राजकुमार गुरुङ्ले आकांक्षा देखाएका छन् ।

चापाकोट र भदौरे गाविस मिलेर बनेको २३ नम्बर वडामा काँग्रेसका बिष्णु प्रसाद पराजुली, भेषराज पराजुली, क्या. पदम बहादुर गुरुङ, रामकाजी गुरुङ, गोपाल पराजुली, भीम राना, लक्ष्मी पौडेल, एमालेका चेत बहादुर क्षेत्री, दाम बहादुर विक, सूर्य भण्डारी, भुवानी प्रसाद अधिकारी र माओबादीका भूमी पराजुली, प्रेम भण्डारी, घनश्याम पराजुली, हरि भण्डारी, बिष्णु दाहाल, नयाँ शक्ति शिव घले , संञ्जय लामिछानेले दावी गरिरहेका छन् ।

वडा नम्बर २४ कास्कीकोटमा काँग्रेसका मनहरी सुवेदी, भरत अधिकारी, डिल्लीराम भट्टराई, टेक प्रसाद अधिकारी, प्रताप बहादुर कार्की, एमालेका मनहरी त्रिपाठी, ओम सुवेदी, सन्तु सुवेदी, रामचन्द्र थापा, दुर्गा सुवेदी रेग्मी, भीम सुवेदी तथा माओबादीमा टंक सुवेदी, बलराम सुवेदी, नयाँ शक्तिबाट शिव बहादुर अधिकारी, मिन बहादुर बस्नेत ले वडाध्यक्षमा लविङ गरिरहेका छन् ।

पोखरा २७ र २९ हालको २५ नम्बर वडा हेमजामा काँग्रेसका तर्फबाट अर्जुन पौडेल, मधुसुदन त्रिपाठी, दान बहादुर थापा, प्रकाश चन्द्र सापकोटा, डिल्लीराम पौडेल, राजेन्द्र तिमिल्सीना, ऋषि पौडेल, एमालेमा धर्म बास्तोला, चुडामणी तिमिल्सीना, मिलन बास्तोला, देवकृष्ण पौडेल, हिमलाल तिमिल्सीना, देवी सुवेदी, घनश्याम तिमिल्सीना र माओबादीमा टिकाराम पौडेल, माधव शरण पौडेल, मन बहादुर केसी, नन्दलाल अधिकारी, लिला थापा मगर, शिव नेपाली, सीता त्रिपाठी, नयाँ शक्तिबाट बावुराम अधिकारी , लिलाधर अधिकारीले अध्यक्ष बन्ने दौडधुप गरिरहेका छन् ।

पोखरा लेखनाथ महानगरपालिका बनेपछि समायोजन भएका साविक लेखनाथ नगरपालिका र आसपासका गाविसहरु ८ वटा वडामा कायम भएको छ । आठै वडामा वडा अध्यक्ष पदका लागि आकांक्षा गर्नेहरुको सूची लामै छ । साविक लेखनाथ नगरपालिकाको वडा नं ३, ४ र ५ मिलेर बनेको २६ नम्बर वडामा काँग्रेसबाट गिरिराज गौतम, नरेन थापा, डम्वर वहादुर थापा, देवेन्द्र रानाभाट, कृष्णमोहन भटराई, चिनियाँ थापा, निर्मला ढुगाना र रविन्द्रमोहन अधिकारीले उम्मेदवारी दिने जनाएका छन् । एमालेबाट नारायण बराल, रामकृष्ण जिसी, सूर्य भण्डारी, विष्णुप्रसाद वराल, रामहरी ढुंगाना, नरेन्द्र ढुंगाना लगाएतको नाम चर्चामा छ । माओवादी केन्द्रतर्फ विश्व वराल, वाईसिएल क्षेत्रिय अध्यक्ष अनिल परियार, भैरव विश्वकर्मा, मेघराज भण्डारी, रामवहादुर पुर्लामी मगर, नयाँ शक्तिबाट उदिपराज ढुङ्गाना वालकृष्ण गौतम , विमल लामिछानेको नाम सुनिएको छ ।

कमेन्टहरु
Loading...