पोखरा महानगरपालिका वडा नम्बर १७, १८, १९, २० र २१ का वडा अध्यक्षमा आकांक्षीहरु

पोखरा, २० चैत /आउँदो स्थानीय तहको निर्वाचन नजिकिदै जादा टोल, गाउँघर, वडा सबै तिर निर्वाचन कै चर्चा छ । कास्कीबाट ७२ जना वडा अध्यक्ष निर्वाचित हुनेछन् । त्यसमध्ये ३३ जना पोखरा लेखनाथ महानगरपालिकामा मात्रै हुनेछन् ।

पोखरा लेखनाथ महानगरपालिकाको ३३ वटै वडामा वडाध्यक्षको लागि आकांक्षा देखाउनेको सूची निकै लामो छ । पोखरा लेखनाथमा आकांक्षा व्यक्त गर्ने, कार्यकर्ताले मन पराएकाहरु पनि छन् ।  पोखरा लेखनाथ महानगरपालिकाको अध्यक्षमा चर्चामा रहेकाहरु ।

वडा नम्बर १७ मा काँग्रेसमा देवराज आचार्य, पुण्डरी बराल, माधव बराल, एमालेका तीर्थ अधिकारी, झपिन्द्रराज रेग्मी, शिवराज आचार्य, सुवास ढुंगाना, रघु भण्डारी तथा माओबादीका ओम पौडेल, तुलसी बराल, सूर्य बराल, आईमान सिंह तमु, शालिकराम देवकोटा, मनुमाया खत्री नयाँ शक्तिबाट दिपक भण्डारी, देवी गुरुङ्ग, निरु गुरुङ्, विन्दु थापा, कमला भण्डारी खनाल अगाडी सरेका छन् ।

पोखरा लेखनाथ १८ अर्थात साविक पोखरा २६ सराङकोटमा काँग्रेसको तर्फबाट मान बहादुर थापा, बल बहादुर थापा, भरत बहादुर थापा, मुक्ती प्रसाद तिमिल्सीना, शिव तिमिल्सनिा, शमसेर बहादुर थापा, नारायण पहारी तथा एमालेको तर्फबाट रण बहादुर थापा, दिल बहादुर जिसी, पुष्कल थापा, राजेन्द्र अधिकारी, बेल बहादुर थापा, नेत्रमणी तिमिल्सीना, नयाँ शक्तिबाट मनोज ढकालले तयारी थालेका छन् ।

पोखरा १९ र पुरुञ्चौर गाविस मिलेर बनेको १९ नम्बर वडामा काँग्रेसका महेश्वर पौडेल, दुर्गादत्त बास्तोला, हेम प्रसाद गौतम, क्या. रामजी भण्डारी, भक्त बहादुर केसी, पुष्पेन्द्र पाण्डे, एमालेका बिष्णु गौतम, शोभामोहन पौडेल, इमान पौडेल र माओबादीका जगन गुरुङ, सविन जिसी, विनोद नेपाली, नयाँ शक्तिबाट गिरधारी शर्मा, रेशम सापकोटाको आकांक्षा बुझिएको छ ।

पोखरा २० र मौजा गाविसको समायोजन पोखरा लेखनाथ २० मा काँग्रेसका महेन्द्र अधिकारी, तोरण गुरुङ, सूर्य थापा, बल्लभ केसी, तिल बहादुर गुरुङ, एमालेका सीम बहादुर गुरुङ, शुशिल बस्नेत, गंगा केसी, भीम प्रसाद बास्तोला छन् भने माओबादी केन्द्रमा योगेन्द्र थापा, अमर केसी, दक्ष बहादुर गुरुङ, इन्द्र परियार नयाँ शक्तिबाट राम प्रसाद पौडेल अगाडी छन् ।

साविक पोखरा २३ निर्मलपोखरी र २४ कृष्तीको समायोजन पछि बनेको पोखरा लेखनाथ महानगरपालिका २१ मा काँग्रेसका केवल गिरी, ध्रुब रायमाझी, धर्म सुवेदी, एमालेका कृष्ण थापा, दिपक सुवेदी, कमलमोहन पौडेल, मुक्ती पौडेल, युवराज पौडेल, नारायणदत्त अधिकारी र माओबादीका प्रकाश पौडेल, तारा आचार्य, बिनिमाधव भण्डारी, नयाँ शक्तिबाट रोशन गुरुङ् बढी सुनिएका छन् ।

कमेन्टहरु
Loading...