पोखरा महानगरपालिका वडा नम्बर १०, ११ र १२ का वडा अध्यक्षमा आकांक्षीहरु

पोखरा, २० चैत /आउँदो स्थानीय तहको निर्वाचन नजिकिदै जादा टोल, गाउँघर, वडा सबै तिर निर्वाचन कै चर्चा छ । कास्कीबाट ७२ जना वडा अध्यक्ष निर्वाचित हुनेछन् । त्यसमध्ये ३३ जना पोखरा लेखनाथ महानगरपालिकामा मात्रै हुनेछन् ।

पोखरा लेखनाथ महानगरपालिकाको ३३ वटै वडामा वडाध्यक्षको लागि आकांक्षा देखाउनेको सूची निकै लामो छ । पोखरा लेखनाथमा आकांक्षा व्यक्त गर्ने, कार्यकर्ताले मन पराएकाहरु पनि छन् ।  पोखरा लेखनाथ महानगरपालिकाको अध्यक्षमा चर्चामा रहेकाहरु ।

वडा नम्बर १० मा काँग्रेसका रामप्रसाद तिमिल्सीना, निर्मला कार्की भण्डारी, राजकुमार गुरुङ, कृष्ण थापा, ढकनाथ कँडेल, सरदराज सुवेदी, नन्द प्रसाद तिवारी, दामोदरभक्त थापा, एमालेमा लिलाधर अधिकारी, गणेश बहादुर थापा, दिननाथ ढकाल, गोकर्ण तिवारी र माओबादी हेम बहादुर क्षेत्री, हिमाल बख्रेल, सूर्य बहादुर बानियाँ, किरण प्रसाद भट्टचन, लक्ष्मण केसी, श्रीकान्त अधिकारी, दुर्गा पहारी अगाडी देखिएका छन् । नयाँ शक्तिबाट खुशिमान गुरुग, विनोद गुरुङ् रहेका छन् ।

साविक पोखरा ११ र २१ समायोजन गरेर बनेको हालको पोखरा लेखनाथ ११ मा काँग्रेसका मोहन प्रसाद बास्तोला, बोधराज घिमिरे, दामोदर बास्तोला, एमालेका देवेन्द्र बास्तोला, राजु भण्डारी, सरस्वति भण्डारी, माधव प्रसाद बास्तोला, नारायण बास्तोला र माओबादीमा हर्कमान विक, कुमार क्षेत्री आकांक्षी छन् । नयाँ शक्तिबाट सन्तोष बास्तोला , हरि गुरुङ्ग, राधा आचार्यको चर्चा छ ।

वडा नम्बर १२ मा काँग्रेसबाट मायादेवी तझ्या, राधेश्याम कोइराला, राम बहादुर कार्की, एमालेमा गुप्त बहादुर कार्की, बिर बहादुर थापा, ऋषि लामिछाने र माओबादी केन्द्रमा गोविन्द घिमिरे र मीना विक, नयाँ शक्ति छवी गौडेलको नाम चर्चामा छ ।

कमेन्टहरु
Loading...