पोखरा महानगरपालिका वडा नम्बर ८ र ९ का वडा अध्यक्षमा आकांक्षीहरु

पोखरा, २० चैत /आउँदो स्थानीय तहको निर्वाचन नजिकिदै जादा टोल, गाउँघर, वडा सबै तिर निर्वाचन कै चर्चा छ । कास्कीबाट ७२ जना वडा अध्यक्ष निर्वाचित हुनेछन् । त्यसमध्ये ३३ जना पोखरा लेखनाथ महानगरपालिकामा मात्रै हुनेछन् ।

पोखरा लेखनाथ महानगरपालिकाको ३३ वटै वडामा वडाध्यक्षको लागि आकांक्षा देखाउनेको सूची निकै लामो छ । पोखरा लेखनाथमा आकांक्षा व्यक्त गर्ने, कार्यकर्ताले मन पराएकाहरु पनि छन् ।  पोखरा लेखनाथ महानगरपालिकाको वडा नम्बर ८ र ९ मा वडा अध्यक्षमा चर्चामा रहेकाहरु ।

वडा नम्बर ८ मा काँग्रेसबाट सुवास सिग्देल, शारदा गिरी, कृष्णमान ठुसाजु, गणेश अधिकारी, एमालेबाट राज कुमारी गिरी, परशुराम बराल, सोमनाथ बराल, रुद्रनाथ बराल, ईश्वर सुवेदी र माओबादी केन्द्रका हिराकाजी श्रेष्ठ र लक्ष्मी सुवेदीको दावी छ । त्यसै गरि नयाँ शक्तिबाट सर्मिला गुरुङ् ,डम्बर केसी , चन्द्र बहादुर गुरुङ्, दिलिप गुरुङ्, राजु पौडेल रहेका छन् ।

त्यसै गरि वडा नम्बर ९ मा काँग्रेसका दिपेन्द्र मर्सानी, उमा ठकुरी, भीम गौतम, मुना बास्तोला, रामराज लामिछाने, एमालेमा खुलेरै आकांक्षा देखाउनेहरु छैनन् । माओबादी केन्द्रका सन्तोष सोनाम, बम बहादुर कार्की, दिनेश दाहाल भने चुनावी प्रचार प्रसारमा सक्रिय भएर लागेका छन् । नयाँ शक्तिबाट अशोक थापा, कमला खनाल, मिना माकाजु छन् ।

कमेन्टहरु
Loading...