पोखरा महानगरपालिका वडा नम्बर २७, २८, २९, र ३० का वडा अध्यक्षमा आकांक्षीहरु

पोखरा, २० चैत /आउँदो स्थानीय तहको निर्वाचन नजिकिदै जादा टोल, गाउँघर, वडा सबै तिर निर्वाचन कै चर्चा छ । कास्कीबाट ७२ जना वडा अध्यक्ष निर्वाचित हुनेछन् । त्यसमध्ये ३३ जना पोखरा लेखनाथ महानगरपालिकामा मात्रै हुनेछन् ।

पोखरा लेखनाथ महानगरपालिकाको ३३ वटै वडामा वडाध्यक्षको लागि आकांक्षा देखाउनेको सूची निकै लामो छ । पोखरा लेखनाथमा आकांक्षा व्यक्त गर्ने, कार्यकर्ताले मन पराएकाहरु पनि छन् ।  पोखरा लेखनाथ महानगरपालिकाको अध्यक्षमा चर्चामा रहेकाहरु ।

साविक लेखनाथ वडा नं २, ६ र ७ को समायोजन पछि बनेको २७ नम्बर वडामा काँग्रेसका शिवमोहन अधिकारी, भानुभक्त लामिछाने, प्रेम पसाद वराल, विश्वराज पौडेल, पुर्ण कुमार गुरुङ, सु. जग वहादुर गुरुङ, सन्दिप पौडेल, सुरजजंग राणा, धु्रवबावु भटराई, तोरणमणि सुवेदीको नाम चर्चामा छ भने एमालेमा कुमार गुरुङ, क्या. धनवहादुर गुरुङ, सिता भण्डारी, शिव तिमिल्सेना, टिकाराम भुर्तेल, वलराम तिमिल्सेना, गणेशराज धमला र शेषराज तिमिल्सेनाको नाम अगाडी छ । माओवादी केन्द्रका बोधराज लामिछाने, छवि लामिछाने, गोविन्द वाग्ले, सुर्यमणि लामिछाने, विमला पहारी, कृष्ण पराजुली, गोपालमणी लामिछाने, रक्षा भटराई र कृष्णमणी लामिछाने, राप्रपाका बुद्धिकुमार श्रेष्ठ र नयाँ शक्तिका कृष्ण रानाभाट, नयाँ शक्तिबाट कृष्ण रानाभाट , रमेश पोख्रेल , सुर्य प्रसाद पौडेलले पनि अध्यक्षको लागि आकांक्षा देखाएका छन् ।

कालीका र माझठाना गाविसका केही वडा मिलेर बनेको २८ नम्बर वडामा कांग्रेसका श्रीकृष्ण लामिछाने, विकास गुरुङ, राधाकृष्ण तिवारी र शिव अधिकारीको दावी छ भने एमालेमा मोहन गुरुङ, निर्मल सुनार, बैनवहादुर गुरुङ, विष्णुप्रसाद तिवारी, अम्बिका वुढाथोकी र भीमवहादुर गुरुङ छन् । माओवादी केन्द्रका सूर्यप्रकाश तिवारी, चेतकृष्ण भुर्तेल, भोजराज भुर्तेल र रामकृष्ण तिवारी, नयाँ शक्तिबाट प्रकास भुर्तेल ,बिश्व तिवारीको नाम बढी चर्चामा छ ।

साविक लेखनाथ १ तथा महानगरको २९ नम्बर वडामा काँग्रेसका दिपकमणि भण्डारी, विन्दु भण्डारी, मनोज गुरुङ, झपिन्द्रराज आचार्य, शंकर पौडेल, दया भण्डारी, कल्याणवावु भण्डारी, रामवावु भण्डारीको नाम सुनिएको छ भने एमालेमा प्रमोद पौडेल, श्रीप्रसाद गुरुङ, होमनाथ पौडेल, बावुराम सुवेदी र प्रमोद भण्डारी अगाडी देखिएका छन् । माओवादी केन्द्रमा पनि धनवहादुर बिक र मनदेवी गुरुङ, नयाँ शक्तिबाट शेरमान गुरुङ्ग, ओम प्रसाद कुृमाल , चन्द्र बहादुर कुमाल, राम बहादुर कुमालको नाम अगाडी छ ।

साविक लेखनाथ ८ र १२ को समायोजन हालको ३० नम्बर वडामा काँग्रेसमा प्रेम कुमार श्रेष्ठ, दुर्गा सुवेदी, फणिन्द्र ढकाल, कमलनाथ कुवँर, निरलाल तझ्या, दिननाथ सुवेदी, नेगनसिंह ठकुरी, नारायण पौडेल, नरेन्द्र बास्तालोला, विनोद लामिछाने, कृष्णप्रसाद बास्तोला र दिनेश पौडेल तथा एमालेमा सोमलाल कँडेल, श्रीराम पोख्रेल, सोमनाथ बास्तोला, पुर्णदिप न्यौपाने र हर्कवहादुर श्रेष्ठ उम्मेदवारमा दावी गरिरहेका छन् । माओवादी केन्द्रको तर्फबाट विष्णु प्रसाद शर्मा, डा. विशाल बास्तोला, भरतराज न्यौपाने, झमवहादुर पुन, बासु लामिछाने, अणनाथ बराल, संगीता पुन, बासुदेव लामिछाने, पुष्पकमल ढुंगाना, बुद्धिमाया गुरुङ र मोहन गुरुङ राजेन्द्र शर्मा , ज्योती  सुवेदी लक्ष्मण अधिकारी, बमदेव वास्तोला , रमा नाथ भटटराईको नाम सुनिएको छ ।

कमेन्टहरु
Loading...