पृथ्वीनारायण क्याम्पसमा अनेरास्ववियूको ध्यानाकर्षण

पोखरा, २९ भदौ/अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू), पृथ्वीनारायण क्याम्पस एकाईले क्याम्पस प्रमुखलाई पाँच बुदे माग सहित ज्ञापनपत्र बुझाएको छ । एकाई अध्यक्ष राजन शर्मा पराजुलीले क्याम्पस प्रमुख प्रा.डा. चन्द्रबहादुर थापालाई ज्ञापन पत्र बुझाउँदै अविलम्ब माग पूरा गर्न आग्रह गरे । बिएससी, सिएसआईटीमा नयाँ कक्षा कोठा सञ्चालन गर्न, बीबीए, बीएएलएलबी, एमएससी, फिजिक्स र सञ्चालन हुँदै गरेको बीपीए चुस्त दुरुस्त ढंगले सञ्चालन गर्न माग गरिएको छ ।

यस्तै, लाईब्रेरीमा आवश्यक थप पुस्तकहरुको व्यवस्था गर्नुपर्ने, कम्प्युटर ल्याब सञ्चालित रहेका संकायहरुमा तुरुन्त कम्प्युटरको मर्मत सम्भार गरी सञ्चालन गर्न तथा महिला, कन्या तथा विज्ञान होस्टेलहरुका समस्याहरु तत्कालै समाधान गर्न ध्यानाकर्षण गराईएको छ ।

मुलुककै सबैभन्दा प्रतिष्ठित, ख्याती प्राप्त तथा प्रदेश नं. ४ कै शैक्षिक ज्योती पूञ्ज पृथ्वीनारायण क्याम्पसको शैक्षिक, भौतिक, प्राज्ञिक उन्नयनमा आफूहरुको महत्वपूर्ण भूमिका रहेको भन्दै अनेरास्ववियूले क्याम्पसको शैक्षिक वातावरणलाई गुणस्तरीय, चुस्त र विद्यार्थीहरुलाई अधिकतम लाभ पुगोस् भन्ने हेतुका साथ सदैव लागिपर्ने प्रतिबद्धता पनि जनाएको छ ।

 

कमेन्टहरु
Loading...