निर्वाचनका लागि तयार रहन सुरक्षा निकायलाई प्रधानमन्त्री दाहालको निर्देशन

पोखरा, १३ माघ/प्रधानमन्त्री पुष्पकमल दाहालले छिटै नै निर्वाचनको मिति घोषणा हुने बताउदै निर्वाचनका लागि तयार रहन सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।

सशस्त्र प्रहरी बल तालिम महाविद्यालय लामापाटन पोखरामा सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमको दिक्षान्त समारोहमा दाहालले ‘नयाँ संविधान जारी भई कार्यान्वयनको चरणमा रहेको छ,’ उनले भने, ‘निकट भविष्यमा हुने स्थानीय तह, प्रदेश र संघियत निर्वाचनको लागि तयारी अवस्थामा रहन निर्देशन दिए ।’ उनले सशस्त्र प्रहरीलाई निर्वाचनका लागि तयार रहन बताए ।

उनले देश संक्रमणकालिन अवस्थाबाट गुज्रीरहेको सन्दर्भमा विधिको शासनको मुल मर्मलाई आत्मसात गर्दै कानुनको कार्यान्वयनमा थप चनाखो हुनु पर्ने बताए ।

कार्यक्रममा उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधीले आन्तरिक सुरक्षा र सीमा सुरक्षा र अपराध नियन्त्रणमा सशस्त्र प्रहरीले महत्वपूर्ण भूमिका खेलेको बताए । उनले देशले सशस्त्रबाट अझै ठूलो अपेक्षा र भरोसा गरेको बताए । ५४ साताको सैद्धान्तिक तथा व्यवहारिक तालिमपछि २५ निरीक्षक दिक्षित भएका छन् । सोही अवसरमा उत्कृष्ट प्रशिक्षार्थीलाई दाहालले पुरस्कार प्रदान गरेका थिए ।

कमेन्टहरु
Loading...