प्रधानमन्त्रीले भने कुर्चि जसलाई चाहिएको हो लगे हुन्छ

सागर राज तिमिल्सिना
पोखरा, ८ बैशाख/प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीको कुर्चि जसलाई चाहिन्छ उसैले लगे हुने बताएका छन् । ओलीले आफ्नो ध्यान कुर्चिमा नभै काममा भएको बताए । कास्कीको पुरन्चौरमा स्थापना भएको प्राकृतिक स्रोत व्यवस्थापन कलेज भवनको सिलन्यास तथा कक्षा संचालनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले आफुलाई कुर्चिको कुनै लोभ नभएको बताए । ‘ म प्रधानमन्त्री हुनका लागि हतारो पनि गरिन’ उनले भने,‘ कुर्चि जसलाई चाहिएको हो लागे हुन्छ, मेरो ध्यान काममा छ ।’

प्रधानमन्त्रीले भने कुर्चि जसलाई चाहिएको हो लगे हुन्छ
प्रधानमन्त्रीले भने कुर्चि जसलाई चाहिएको हो लगे हुन्छ

उनले जनताको आदेश बाहेक अरु कसैको आदेश आफ्ना लागि स्वीकार्य नहुने बताए । उनले नेपाल र नेपालीकै हितका लागि काम गर्ने र कसैको इसारा वा दवावमा नपर्ने प्रष्ट पारे । नेपालको संविधान निर्माण र त्यस पस्चात भरतले देखाएको व्यवहार प्रति संकेत गर्दै उनले यस्तो बताएका हुन् । नेपाल आफैमा आत्मनिर्भर बन्न नसक्दा नाकाबन्दीको समस्या झेल्न परेको उनले उल्लेख गरे । तराई केन्द्रित दल र तिनका नेताहरुको नाम नलिई ओलीले उनीहरुलाई सिखण्डीको उपमा दिए । ‘हामीले देखिहाल्यौं सिमामा दुई÷चार जना सिंखण्डी बाटोमा बस्दा खान नपाउने अवस्था आयो, अव त्यस्तो अवस्था आउन दिइन्न ।’ उनले भने ।

उनले नेपाललाई पाँच वर्ष भित्र आत्मनिर्भर बनाउने बताए । उनले खाद्ययन्नमा दुई वर्ष भित्र, कपासमा ५ वर्ष भित्र आत्म निर्भर बनाउने बताए । ‘दुई बर्षमा खाद्यान्नमा आत्मनिर्भर बन्ने उनले दावि गरे ।’ पाँच बर्ष भित्रमा लगाउने र ओढ्ने लगाएतका आधारभूत अवश्यकता पूर्ति गर्ने गरी सरकार अगाडि बढिरहेको उनको दावि छ ।

कृषि विषयको पढाइ सञ्चालन गर्ने गरी पुरञ्चौरमा स्थापना भएको यस क्षेत्रकै पहिलो कृषि कलेज भवनको प्रधानमन्त्रीले शिलान्यास गरे । यसै बर्ष विश्व विद्यालयबाट सम्बन्धन प्राप्त गरेको कलेजमा ‘बिएससी एजी’ तहमा ५० विद्यार्थी अध्ययनरत छन् । उनीहरुले चैत्र २२ गतेबाट अध्ययन थालेका हुन् । सिलान्यास पस्चात प्रधानमन्त्रीले विद्यार्थीलाई करिब ७ मिनेट पढाएको थिए । कलेज सञ्चालनका लागि पुरन्चौरका बासिन्दाले महायज्ञ मार्फत सबा ४ करोड रुपैयाँ संकलन गरेका थिए । अर्थ मन्त्रालयले ५ करोड रुपैयाँ उपलब्ध गराएको छ । क्याम्पसको भवन ३ करोड बढि लागतमा २० कोठे दुइतालाको बन्ने क्याम्पस सञ्चालन तदर्थ समितिका अध्यक्ष हेमप्रसाद गौतमले जानकारी दिए । क्याम्पस सञ्चालनार्थ आवश्यक ६० रोपनी जग्गा लिएको छ । क्याम्पसको भवन नबनुन्जेलका लागि भारती भवन उच्च माविमै कलेजको पढाइ हुनेछ ।

कमेन्टहरु
Loading...