जनभावना अनुसार काम हुन सकेन — काग्रेस नेता सिंह

पोखरा, १५ भदौ /नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले जनताको जनभावना अनुसार सरकारले काम गर्न

नसकेको आरोप लगायका छन् । प्रेस युनियन कास्कीले पोखरामा आज आयोजना गरेको पत्रकार सम्मेलनमा

सिंहले संसदमा कांग्रेसको उपस्थिती नभएको आरोप लगाउने कम्युनिष्टहरुले काम गर्न पनि काँग्रेसले अवरोध

गर्यो भन्दै हिड्नु हाँस्यास्पद भएको बताए ।

पुर्व उपप्रधानमन्त्री समेत रहेका सिंहले विमस्टेकका विषयमा भारतमा सैन्य अभ्यास गर्ने विषयमा सोधीएको

विषयमा उनले छिमेकी राष्ट्रहरुलाई सन्तुलनमा राखेर काम गर्ने नीति काँग्रेसको रहेको बताए । उनले विम्स्टेकमा

भएका कतिपय निर्णयहरु राम्रा भएको र कतिपय अध्ययन गरेपछि मात्रै टिप्पणी गर्ने बताए ।

सरकार शान्ति सुरक्षा स्थापनाका लागि असफल भएको उनको आरोप थियो । उनले न्याय लिनका लागि

जनताहरु सडकमा आउनु र गोली खाएर मर्नुपर्ने कस्तो न्याय ? उनको प्रश्न थियो ।

कमेन्टहरु
Loading...