गाउँपालिकाको अध्यक्ष उठ्न नगरविकास समितिबाट राजिनामा

सागर राज तिमिल्सिना
पोखरा, ५ बैशाख/पोखरा उपत्यका नगर विकास समितिका अध्यक्ष प्रकाश मोहन खनालले राजिनामा दिएका छन् । शहरी विकास तथा डिभिजन कार्यालय कास्कीका प्रमुख किशोरलाल महाजुलाई मंगलबार राजिनामापत्र बुझाए । २१ महिना विकास समितिमा विताएका खनालले पत्रकार सम्मेलनमा नीतिगत सुधार आफ्रनो कार्यकालमा भएको बताए ।

खनालले बैशाख ३१ गते हुने स्थनिय तहको निर्वाचनमा रुपा गाउँपालिकाको अध्यक्षमा चुनावमा उठ्न अध्यक्षपदबाट राजिनामा दिएका हुन् । ‘म पार्टीको सिपाही हुँ,’ उनले भने ‘पार्टीले जे जिम्बेवारी दिन्छ त्यसैमा काम गर्दछु ।’

सरकारी पद वा सरकारले नियुक्त गरेका ब्यक्ती स्थानीय तहको निर्वाचनमा उमेदवारी बन्न नपाउने भए पछि उनले राजिनामा दिएको बताए । २०७२ असार २३ मा नगर विकास समितिमा नियुक्ति लिएका खनालले यस अवधिमा ८ वटा वोर्ड बैठक गरेको बताए । उनले आफ्नों कार्यकालमा देखिने काम नगरेपनि विधि र प्रकृयागत रुपमा बसपार्क, बसुन्धरा पार्क, पर्यटन बसपार्क र पोखरा सभागृहलाई दायरामा ल्याएको दावी गरे ।

नेपाली काँग्रेसले रुपा गाउँपालिकाको अध्यक्षमा उम्मेदवार छान्न नसकेपछि क्षेत्रिय समितिलाई सिफारिस गरेको छ । काँग्रेसले एक पदका लागि काँग्रेसबाट ९ जनाको नाम क्षेत्रिय समितिमा पठाएको हो । प्रकाश मोहन खनाल, नोयन्द्र श्रेष्ठ, नारायण श्रेष्ठ, टंकनाथ घिमिरे, लक्ष्मण थापा, खेम गुरुङ्ग, बलबहादुर आले, तिलकबहादुर खड्का र आनन्द सुवेदीको नाम काँग्रेसले उक्त गाउँपालिकाको अध्यक्ष पदका लागि भन्दै क्षेत्रिय कार्यालयमा पठाएको छ ।

रुपा गाउँपालिकाका लागि एमालेबाट नवराज ओझा, कालिदास सुवेदी, रोशन गुरुङ्ग र दामोदर घिमिरेको नाम जिल्ला कमितिमा सिफासिर गरेको छ । सो गाउँपालिकाबाट माओवादी केन्द्रबाट निर्मला सुवेदी र शिब खनालको नाम चर्चामा रहेको छ । ७ वडा रहेको रुपा गाउँपालिकामा ११ हजार ३ सय ६ मतदाता रहेका छन् । त्यहाँ ८ वटा मतदान स्थल तोकिएको छ ।

गाउँपालिकाको अध्यक्ष उठ्न नगरविकास समितिबाट राजिनामा
गाउँपालिकाको अध्यक्ष उठ्न नगरविकास समितिबाट राजिनामा
कमेन्टहरु
Loading...