उपप्रम परराष्ट्रमन्त्री महरा–कार्यभार, उच्चस्तरीय कार्यदल गठन गर्ने

काठमाडौ, २४ जेठ /उप प्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले आज आफ्नो कार्यभार सम्हाल्दै, बैदेशिक रोजगारीमा जाने नेपालीहरुको समस्या समाधानका लागि उच्च स्तरीय कार्यदल गठन गर्ने पहिलो निर्णय गर्नुभएको छ ।

बैदेशिक रोजगारीका चुनौती र संभावना केलाउँदै मन्त्रालयबाट गर्नुपर्ने तत्कालिन, मध्यकालिन र दिर्घकालिन प्राथमिकता निर्धारण गर्न परराष्ट्र मन्त्रालयको संयोजनमा गृह, अर्थ र श्रम तथा रोजगार मन्त्रालयका प्रतिनिधीहरु रहेको कार्यदल गठन गर्नुभएको हो ।

कार्यदलले वैदेशिक रोजगारीमा गएका नेपालीहरुले तोकिए बमोजिमको रोजगारी र सुविधा नपाउने, अलपत्र पर्ने, कानुनी हैसियत गुमाउने, जेलमा पर्नुपर्ने, निधन हुने तथा उद्धारको प्रतिक्षामा बस्नुपर्ने जस्ता समस्या समाधान गर्नका लागि योजना बनाउनेछ । खासगरी खाडी मुलुकमा काम गर्ने नेपालीहरुले यी समस्याहरु भोगिरहेका छन् । ति देशमा १५ लाख नेपालीहरु कामदारका रुपमा रहेको अनुमान छ ।

आजनै उपप्रधान तथा परराष्ट्र मन्त्री महराले मन्त्रालयका कर्मचारीहरुलाइ निर्देन दिदै–“राष्ट्रिय स्वाधिनतालाइ प्राथमिकता राख्दै छिमेकी र अन्य विदेशी राष्ट्रहरुसँग मित्रवत ब्यबहार गर्ने” आफ्नो प्राथमिकता हुने वताउनुभयो ।

“हामीले हाम्रो मन्त्रालयबाट मात्र हैन, अरु मन्त्रालयबाट भएका कामहरुले हाम्रो राष्ट्रियतामा आँच पुगेको छ की छैन ? भनेर पनि चनाखो भएर हेर्नुपर्छ ।” महराले मन्त्रालयका कर्मचारीहरुलाइ राखेर भन्नुभयो–“तपाईहरुले आफुलाइ हैन, देशलाइ केन्द्रमा राखेर काम गर्नुहोस । त्यही कामले तपाइहरुको मूल्याङ्न हुनेछ ।” मन्त्रालयका सचिब शंकरदास बैरागी सहित मन्त्रालयका अधिकारीहरुले उपप्रधानमन्त्री महरालाइ मन्त्रालयमा स्वागत गर्नुभएको थियो ।

कमेन्टहरु
Loading...