पहिरो पिडितलाई तत्काल राहात दिन तरुण दल कास्कीको सरकारको ध्यानाकर्षण

पोखरा, २६ साउन /नेपाल तरुण दल कास्कीले अविरल वर्षासँगै मंगलबार राति ९ बजे माछापुच्छे« गाउँपालिका वडा नं. ५ साविक रिभान गाविस वडा नं.४ पातलेस्योँ खहरे खोलामा आएको बाढीले क्षेती पुगेको भन्दै तत्काल राहत दिन सरकारलाई आग्रह गरेको छ ।

उक्त स्थानमा गाई, बाख्रा, कुखुरा लगायत ८ घरहरु पूर्ण क्षति एवम् १५ घरहरु जोखिमयुक्त अवस्थामा पु¥याई ४ करोड बराबरको क्षति पु¥याएकोमा दुःख व्यक्त गरेको छ । नेपाल तरुण दल कास्कीका अध्यक्ष मनोज गुरुङ सहितको टोलीले बुधबार स्थानको पीडित परिवारलाई भेटी उद्धार कार्यमा स्थानीय जनताले पु¥याएको सहयोगका कारण मानवीय क्षति हुनबाट जोगिएको र जिल्ला प्रशासन कार्यालय, नेपाल रेडक्रस, नेपाल प्रहरी, नेपाली सेना लगायतले उद्धार कार्यमा देखाएको तदारुकताको प्रसंसा समेत गरेको छ ।

पीडित परिवारलाई सहयोग पु¥याउनको लागि नेपाल सरकारसँग माग गर्दै वर्षायामसँगै हुने बाढी, पहिरोमा जोखिमयुक्त स्थानको बस्ती संरक्षण गरी मानवीय एवं अन्य धनजनको क्षति कम गर्न ध्यानाकर्षण गराएको छ । साथै नेपाल तरुण दलका स्थानीय कार्यकर्तालाई तदारुकताका साथ जुट्न आग्रह समेत गरिएको छ ।

कमेन्टहरु
Loading...