समृद्धिको लागि प्राविधिक शिक्षाको खाँचो–मन्त्री अर्याल

पोखरा, १७ बैशाख/भूमी व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले गाउँ गाँउबाटै समृद्धिको अभियान शुरु हुने भन्दै त्यसको लागि उत्पादनमा जोड दिनुपर्ने बताएकी छन् ।

उनले उत्पादनबाटै समृद्धिको परिकल्पना गर्न सकिने भन्दै उनले उत्पादनको लागि प्राविधिक शिक्षामा ध्यान जार्नुपर्ने खाँचो औल्यार्ईन् । ‘हरेक क्षेत्रमा उत्पादनको लागि शिक्षित समूहको खाँचो छ । अझ प्राविधिक शिक्षा त्यसमा पनि माटो सुहाउँदो भए बेरोजगारीको अन्त्य समेत हुने छ ।’

मन्त्री अर्यालले भनिन–‘प्राविधिक शिक्षाले शिक्षित बेरोजगार युवाको अन्त्य हुन्छ ।’
माटो सुहाउँदो प्राविधिक शिक्षाबाटै समृद्धिको परिकल्पना साकार हुने विश्वास उनले लिईन् । स्याङजाको स्वरेकमा अवस्थित श्री टापुभञ्ज्याङ राष्ट्रिय माविमा आयोजित श्रीमद्भागबत धनधान्ञ्चल महायज्ञमा बोल्दै मन्त्री अर्यालले प्राविधिक शिक्षामा सरकारको ध्यान गएको भन्दै गण्डकी प्रदेशमा प्राविधिक शिक्षाको लागि स्वरेक नमुना बन्न सक्ने विश्वास व्यक्त गरिन् ।

प्राविधिक कलेज सञ्चालन गर्न तत्काल चुनौति भएपनि कक्षा ९, १० बाटै प्राविधिक शिक्षा समेट्न सके सहज हुने मन्त्री अर्यालको भनाई थियो । मन्त्री अर्यालले विकासको हिसावले अहिलेसम्म स्वरेक पछाडी परेको भन्दै पुर्व जनप्रतिनिधि पनि यसमा दोषी रहेको जिकिर गरिन् । मन्त्री अर्यालले स्वरेकमा अब बाटो पिच हुने बताउदै प्याराग्लाईडिङको लागि स्वरेक मैदान हब हुने विश्वास व्यक्त गरिन् ।

स्वरेकको विकासको लागि निर्बाचनको बेला गरेका बाचा पुरा गरेरै छाड्ने बताईन् । बिकासको लागि राजनीति गर्न नहुने भन्दै उनले विकासको लागि निस्वार्थरुपमा लाग्नुपर्ने बताईन् । गण्डकी प्रदेशका विधायन समितिका सभापति मोहन रेग्मीले गण्डकी प्रदेश सरकारले प्राविधि शिक्षामा चासो राखेको भन्दै यस विद्यालयलाई पनि सक्दो सहयोग गर्ने बताए । अहिले आवश्यकता प्राविधिक शिक्षा भएको भन्दै रेग्मीले आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्ने दृढता व्यक्त गरे ।

भीरकोट नगरपालिकाका मेयर छायाराम खनालले अहिले निशुल्क शिक्षा भन्दा पनि गुणस्तरीय शिक्षा आबश्यक रहेकोले गुणस्तरीयश शिक्षाको लागि आफ्नो ठाउँबाट सक्दो सहयोग गर्ने बताए । कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी स्याङजाका अध्यक्ष सुरज गैरे(पारस) संकल्पकर्ता धु्रवशरण बस्याल , विद्यायल ब्यबस्थापन समितिका पुर्व अध्यक्ष यमलाल शर्मा पंगेनी लगायतले आ आफ्नो भनाई राख्नुभएको थियो । महायज्ञको पहिलो दिनमै २० लाख रकम संक्लन भएको महायज्ञ मूल आयोजक समितिका संयोजक कमल पंगेनीले जानकारी दिए ।

महायज्ञमा साविक स्वरेक गा.वि.स. वडा नं ३ मा जन्म भई हाल टोखा नगरपालिका वडा नं ५, काठमाडौ निवासी शान्तीरमण पंगेनी(गोपाल)ले १० लाख र उनकी आमा उमादेवीले १ लाख ११ हजार १ सय ११ गरी ११ लाख ११ हजार १ सय ११ रुपैया सहयोग गरेका छन् । व्यवसायीको रुपमा परिचित पंगेनीले आफ्नो जन्मभूमीमा प्राविधिक शिक्षा सञ्चालनको लागि शैक्षिक क्षेत्रमा सहयोग गर्न पाउदा खुशी लागेको बताए ।

२०१९ सालमा स्थापना भएको उक्त विद्यालयमा हाल कक्षा १० सम्म अध्यापन हुदै आएको छ । वालिङ नगरपालिका वडानं ११ स्वरेक टापुमा रहेको टापुभञ्ज्याङ राष्ट्रिय माविमा प्राविधिक शिक्षा सञ्चालानार्थ १५ देखि शुरु भको महायज्ञ २२ गते सम्म सञ्चालन हुने विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष एवं श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञका संयोजक कमल पंगेनीले बताए ।

विद्यालयमा हाल २ सय विद्यार्थी अध्ययनरत रहेका छन् । जस्मा ८५ प्रतिशत दलित विद्यार्थीहरु रहेका छन् पंण्डीत ऋृषिकेश पोखरेलले कथा बाचन गर्नुभएको महायज्ञबाट २ करोड उठाउने लक्ष्य रहेको छ । महायज्ञ शुरुवातको दिन सयौको सख्यामा कलश यात्रामा भक्तजनहरुको सहभागिता रहेको थियो । महायज्ञ २२ गते सम्म सञ्चालन हुनेछ ।

कमेन्टहरु
Loading...