काठमाडौंमा रेल र नेपालको पानीजहाज समुद्रमा चल्छ : प्रधानमन्त्री

काठमाडौं, ९ चैत / प्रधानमन्त्री केपी शर्मा ओलीले सकारात्मक परिवर्तनका लागि कष्टशाध्य प्रयास अभियान सहित सरकारले विविध कार्यक्रम ल्याउने बताएका छन् ।२९औं राष्ट्रिय औद्योगिक वस्तु तथा प्रविधि प्रदर्शनी र उत्कृष्ट लघु, घरेलु तथा साना उद्यमी पुरस्कार कार्यक्रमको शुक्रबार​ भृकुटीमन्डपमा उद्घाटन गर्दै उनले समृद्धिका लागि कुनै कसर बाँकी नराख्ने बताएका हुन् ।प्रधानमन्त्री ओलीले सर्वाधिक रोजगारी सिर्जना गर्ने लघु तथा घरेलु उद्योगका क्षेत्रलाई प्राथमिकताका साथ अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्दै देश बनाउका लागि आफु कृत संकल्पित र आफ्नो टिमको अठोट रहेको भन्दै मुलुक समृद्धिको बाटोमा अघि बढ्ने बताए ।

नयाँ परिस्थिति र सम्भावनामा देखिएका चुनौतीलाई सामना गरेर अगाडि बढ्ने बताउँदै उनले काठमाडौं उपत्यकामा रेल र वि.सं. २०७६ सम्ममा नेपालको पानी जहाज समुद्रमा चल्ने बताए ।प्रधामन्त्री ओलीले गरेरै देखाउने भन्दै आफ्ना प्रतिबद्धतालाई नउडाउन आग्रह समेत गरे ।उद्योगी तथा व्यवसायीको मनोबल कमजोर हुन नदिने बताउँदै उनले आ–आफ्ना विशेषता अनुसारको उद्योग र उद्यमशीलतालाई प्रवद्र्धन गरेर अगाडि बढिने स्पस्ट पारे ।कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका प्रसाद यादवले सरकार आर्थिक समृद्धि र सुशासनको बाटोमा रहेकाले औद्योगिक क्षेत्रका समस्यालाई सम्बोधन गरेर आगाडि बढ्ने विश्वास व्यक्त गरे ।

कमेन्टहरु
Loading...