बलत्कार र हत्याको विरोधमा नेपाल विद्यार्थी सघंको धर्ना र जुलुस

पोखरा, १२ भदौ / नेपाल विद्यार्थी सघं कास्कीले मंगलबार जिल्ला प्रशासन कार्यलय कास्कीको गेट अगाडी एक

घण्टा धर्ना दिएको छ । हत्या बलत्कार लगाएतका घटना बढेको भन्दै विभिन्न नारा लगाई धर्ना दिएको हो ।

विन्ध्याबासीनी मावि बाटुलेचौरमा अध्यानरत पुष्पा केसीको रहस्यमय मृत्यु र कन्चनपुरमा भएको निर्मला पन्तको

बलात्कार पछीको घटनामा एक निर्दोश बालकको गोली हानी मृत्यु भएको घटनाप्रती नेविसघं कास्कीले घोर

आपत्ती जनाउदै विरोध ¥याली समेत निकाल्यो ।

कार्यक्रममा नेविसघं कास्की उप–सभापतिद्घय अनमिका बस्नेत,अन्जान थापा,नेविसघं कास्कीका पुर्व वरिष्ठ उप–

सभापति तारानाथ अधिकारीले तत्काल पुष्पा भुसालको मृत्युको सत्य तथ्य सार्वजनिक गर्न प्रहरी प्रशासनलाई

दबाव दिए, घटनालाई तोडमोड गरी बास्तविक दोषीलाई उन्मुक्ति दिने कोशीस गरे सरकारले ठुलो मुल्य चुकाउनु

पर्ने नेविसघं कास्कीका सचिव राजेन्द्र क्षेत्रीले चेतावनी दिए ।

कार्यक्रममा नेविसघं कास्कीका सभापति बिकाश थापाले सरकार बलत्कारीलाई कारबाही गर्नुको सट्टा जोगाउन

लागेको र न्याय माग्न सडकमा आन्दोलन गर्दा प्रहरीको गोली खानु परेको भनी आक्रोस व्यक्त गरे ।

कमेन्टहरु
Loading...