युवा नेताहरुको अनुभवः ‘राजनीतिक पार्टीले युवापुस्तालाई पन्छाउँछन्’

पोखरा, ९ चैत/ मुलधारको राजनीतिमा युवापुस्तालाई पन्छाउने कामहुने गरेको युवा नेताहरुले बताएका छन् । खासगरि युवालाई कुनै सामान्य जिम्मेवारी दिएर एक ठाऊँमा तहलगाउने र नेतृत्वमा आउन नदिने प्रचलन ब्याप्त रहेको उनीहरुले बताए ।

पोखरामा शनिबार यूथथिंकर्स सोसाइटी, पोखराले आयोजना गरेको अन्तरक्रिया कार्यक्रम ‘नेपाली राजनीतिमायुवाको भुमीका र अवसर’को क्रममा युवा नेताहरुले यस्तो बताएका हुन् । अन्तरक्रियामा विवेकशील साझा पार्टीका केन्द्रीय सदस्य तथा युवा संगठन सँयोजक अब्दुस मियाँ, नयाँशक्ति पार्टीकी नेतृ मानुषीयमी भट्टराई र नेकपा सम्बद्ध विद्यार्थी नेतृ सरिता पुरी प्यान लिस्ट थिए ।

अन्तरक्रिया कार्यक्रममा बोल्दै विवेकशील साझा पार्टीका युवा संगठन सँयोजक अब्दुस मियाँले युवाहरुलाई अगाडि बढ्नकालागि राज्यको नीति नै बाधकभएको बताए । उनले राज्यले कुनै कार्यकारी पदकालागिउमेरको हदबन्दीतोक्नु नै युवापुस्ताको लागिबाधकभएको बताए ।

‘नेपालीसिनेमामा युवापुस्ताको प्रवेश पायो । र, अहिले यो क्षेत्रमा हरेक युवाको क्रेज देखिनथालेको छ । त्यस्तै खेलकुदमापारस खड्का र सन्दीप लामिछानेहरु आए र त्यस क्षेत्रको उचाई बढ्यो । व्यवसायमा युवापुस्ता आएपछि उनीहरुले तरक्कीगरिरहेका छन् । तर राजनीतिमाअझै पनि युवापुस्तालाई पछार्ने काम हुन्छ । त्यसैले यस क्षेत्रमा युवापुस्ताको आकर्षण कम छ । हामीले यही कुरालाई सुधार्न आवश्यक छ ।’ मियाँले भने ।

त्यस्तै नयाँशक्तिकी नेतृ मानुषीयमी भट्टराईले युवाउमेर समूहकामहिलालाई राजनीतिमाअझै बढि समस्या रहेको अनुभव सुनाईन् । आफ्नै अनुभव साट्दै उनले यो कुराको भुक्तभोगीको रुपमा आफैलाई उदाहरणको रुपमा पेश गरिन् । युवापुस्ताले मुलधारको राजनीतिमा आउनका लागि अझै सँघर्ष गर्नुपर्ने उनले बताईन् ।

त्यस्तै अर्का प्यानलिस्ट नेकपाविद्यार्थी नेतृ सरिता पुरीले पनित्यस्तै अनुभव साटिन् । उनले आफ्नो पार्टी लोकतान्त्रिकभएपनिकतिपय सवालमा असन्तुष्टि पोख्दास्पष्टिकरण सम्मदिनुपरेको बताईन् । यद्यपीउनले यसकालागियुवाले आवाज उठाउन आवश्यक रहेको सुनाईन् ।

‘अहिले हाम्रो मातृ पार्टी सरकारमै छ । तैपनिहामीआफ्नो असन्तुष्टि पोख्न हच्किँदैनौँ । यसैगरि सबैले आफ्नो ठाऊँबाट आवाज उठाउन सक्यौँ भने हामीमुलधारको राजनीतिमाआउन सक्छौँ ।’ पुरीले भनिन् । नेतृत्वविकासको यो सामाजिक सवालमायुवाहरु राजनीतिकआस्थाभन्दामाथि उठेर एक ठाऊँमा उभिनुपर्ने उनको धारणा थियो ।

अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले प्यानलिस्टहरुलाई लक्षित गर्दै विभिन्न प्रश्न उठाएका थिए । प्यानलिस्टलाई यूथथिंकर्स सोसाइटी, पोखराकी अध्यक्ष सजुमा घिमिरेले सहजीकरण गरेकी थिईन् । सोसाइटीकै सदस्य सरोज गौतमले कार्यक्रममा सहभागीहरुलाई धन्यबाद ज्ञापन गरेकाथिए ।

कमेन्टहरु
Loading...