नेपाल जनता पार्टीको भेला पोखरामा

पोखरा, ३१ असार/नेपाल जनाता पार्टी नेपालले पोखरामा शनिवार कार्यकर्ता तथा सन्त भेला शनिवार सम्पन्न गरेको छ । कार्यक्रममा मानव मिलन केन्द्रका सस्थापक संयोजक जैन श्री मणिभद्रमुनी जी महाराजले हिन्दु धर्मको चर्चा थोरै समयमा कसैले गर्न सक्दैन, एक वा दुई व्यक्ति खराव भए भन्दैमा सवै खराव नहुने त्यस कारण पार्टीबाट राजनीति गर्दै गर्दा हिन्दुवादी सवै खाले सस्थालाई समेटेर लैजानु पर्नेमा जोड दिए ।

कार्यक्रममा नेपाल जनता पार्टीका महामन्त्री खेमनाथ आचार्यले नेपाल जनता पार्टी तेस्रो शक्तिको रुपमा उदाउने र संसदिय चुनावमा भाग लिनुका साथै, अत्यधिक वहुमतले जित्ने उद्घोष गरे । पार्टीका वरिष्ठ नेता अखिलेश्वर प्रसाद सिंहले हिन्दु धर्म सँग सवै खाले संघ र संगठनलाई पार्टीमा ल्याउन हर प्रयास गर्ने बताए ।

भेलालाई सम्वोधन गर्दै केदारेश्वर मन्दिरका पिठाधिस डा लेखनाथ आचार्य, पुर्व सांसद् एवम् हिन्दु अभियन्ता शंकर प्रसाद पाण्डे, पार्टीका जनजाती नेता प्रेम थ्ुालुङ्ग, समाजिक अभियन्ता डा भोला योगी लगाएतले हिन्दु धर्मको संरक्षणमा सवै जना जुट्न आग्रह गरे । नेपाल जनता पार्टी नेपाल, कास्कीका अध्यक्ष पदम शंकर गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य पार्टीका सस्थापक सदस्य ठाकूर बरालले गरेका थिए ।

कमेन्टहरु
Loading...