नेकपामा सबै कमिटीका पदाधिकारी र सदस्यले प्रतिनिधि बन्न अनिवार्य निर्वाचित

काठमाडौं, १ साउन/ नेपाल कम्युनिष्ट पार्टीले सबै कमिटीका पदाधिकारी र सदस्यले महाधिवेशनमा प्रतिनिधिका रुपमा भाग लिन अनिवार्य रुपमा निर्वाचित हुनुपर्ने वैधानिक व्यवस्था गरेको छ ।प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले पनि आगामी महाधिवेशनमा भाग लिन सदस्यता रहेको भूगोलबाट प्रतिनिधि निर्वाचित हुनुपर्ने व्यवस्था गरेको हो ।नेकपाका महासचिव विष्णु पौडेलले सम्पादनका क्रममा रहेको पार्टीको विधानलाई सचिवालयले प्रकाशन गर्न अनुमति दिएको जानकारी दिए ।एकतापछिको पहिलो महाधिवेशनमा सहमतिका आधारमा नेतृत्व चयन गर्ने आन्तरिक समझदारी शीर्ष नेताहरुबीच भएको छ ।

प्रतिनिधि चयनमा पराजित भएमा भने नेताले महाधिवेशनमा चुन्न र चुनिन भने पाउने छैनन् ।त्यसैगरी पारित विधान र नियमावलीलाई प्रकाशित गर्ने र आधारभूत तहसम्मको एकतालाई घोषणामा उल्लेख भएको अवधि आगामी भदौ जेठ–३ भित्र पूरा गरिसक्ने गरी काम गरिने महासचिव पौडेलले जानकारी दिए ।विधान र नियमावली प्रकाशनपछि तल्ला कमिटीको एकताका लागि यसअघि पार्टी सचिवालयले गठन गरेका सम्बन्धित कार्यदलले प्रतिवेदन बुझाउने छ ।महासचिव पौडेलले कार्ययोजनाबारे छलफल शुरु भएको र आगामी बैठकले टुङ्गो लगाउने जानकारी दिए ।बैठकमा प्रधानमन्त्री ओलीले सरकारले गरेका काम र विभिन्न निर्णयका बारेमा अवगत गराएका थिए ।बैठकमा डा. गोविन्द केसीको अनशन र अन्य राजनीतिक विषयमा पनि छलफल भएको थियो ।

कमेन्टहरु
Loading...