जङ्गे पिल्लर हट्दैनन् –विजुक्छे

सागर राज तिमिल्सिना
पोखरा, २४ असार/नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले पुरानै नियम कानुन अनुसार स्थानिय निर्वाचन गर्नु पर्ने बताएका छन् । पार्टीले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा विजुक्छेले संघियताको नीति नियम बनाउन समय लाग्ने बताउदै पहिले स्थानिय निर्वाचन पुरानै कानुन अनुसार बनाउनु पर्ने बताए । उनले जनताले संघियताका बारेमा नबुझेको बताउदै अब विस्तारै बुझदै जाने बताए ।

जङ्गे पिल्लर हट्दैनन् –विजुक्छे
जङ्गे पिल्लर हट्दैनन् –विजुक्छे

उनले निर्वाचन नहुदा जनताले दुःख पाएको बताए । उनले सरकारमा बसेर सरकारको नै विरोध गर्नु नहुने बताउदै सरकारको विरोध गर्ने हो भने सरकारबाट बाहिरीनु पर्ने बताए । ‘सरकारमा बसेर सरकारको नै विरोध गर्नु कस्तो हास्यास्पद कुरा हो,’ उनले भने–‘सरकारले काम गर्न सकेन भने त्यस्तो सरकारमा बसिरहनु हुदैन ।’

उनले एक अर्को प्रशङगमा मधेषी नेताले मधेषको हितमा काम नगरेको बताए । ‘मधेषी नेताले मधेषको हितमा भन्दा आफ्नै हितमा काम गर्दछन्’, उनले भने ‘मधेषको हितमा काम गर्ने भए किन मधेष बन्द गर्थे ।’ उनले नेपाल भारत प्रभुत्त सम्मेलनमा जङ्गेपिलर हटाउने विषय उठेकोमा आफ्नो ध्यन गएको बताउदै दुई देश रहे सम्म जङ्गेपिलर नह्ने बताए ।

कमेन्टहरु
Loading...