नेकपाका छान्यो जिल्ला र महानगरमा इन्चार्ज र सह-इन्चार्ज

पोखरा, ५ असार /नेपाल कम्युनिष्ट पार्टी (नेकपा) आइतबार बसेको बैठकले ७७ जिल्ला र ६ वटा महानगरपालिकाको इन्चार्ज र सह-इन्चार्जको टुंगो लगाएको छ ।

६ महानगरपालिकालाई पनि पार्टीले जिल्ला कमिटीसरह मान्यता दिएकोले ती महानगरपालिकाका इन्चार्ज र सह इन्चार्जको पनि टुङ्गो लगाइएको पार्टीले उल्लेख गरेको छ ।

इन्चार्ज र सह इन्चार्जका नाम आइतबार बेलुकासम्म सार्वजनिक हुने जनाएको छ । ४५ इन्चार्ज पूर्वएमाले र ३८ जना पूर्वमाओवादीको भागमा परेको छ ।

काठमाडौंको इन्चार्ज तत्कालीन एमालेको भागमा परेको छ भने भक्तपुर र ललितपुरमा पूर्वमाओवादीको भागमा परेको छ । कास्कीमा इन्चार्जमा राजकाजी गुरुङ र सहइन्चार्जमा मानबहादुर जिसी चयन भएको उल्लेख छ ।

कमेन्टहरु
Loading...