नेकपाका कास्कीको इन्चार्जमा गुरुङ, पोखरा महानगरको इन्चार्जमा जिसी

पोखरा, ५ असार /नेपाल कम्युनिष्ट पार्टी (नेकपा) आइतबार बसेको बैठकले ७७ जिल्ला र ६ वटा महानगरपालिकाको इन्चार्ज र सह इन्चार्जको टुंगो लगाएको छ ।

६ महानगरपालिकालाई पनि पार्टीले जिल्ला कमिटीसरह मान्यता दिएकोले ती महानगरपालिकाका इन्चार्ज र सह इन्चार्जको पनि टुङ्गो लगाइएको पार्टीले उल्लेख गरेको छ । इन्चार्ज र सह इन्चार्जका नाम आइतबार बेलुकासम्म सार्वजनिक हुने जनाएको छ ।

४५ इन्चार्ज पूर्वएमाले र ३८ जना पूर्वमाओवादीको भागमा परेको छ । कास्कीमा इन्चार्जमा राजकाजी गुरुङ र पोखरा महानगरपाकिलाको इन्चार्जमा मानबहादुर जिसी चयन भएका छन् । त्यसै गरि कस्कीको सहइन्चार्जमा श्रीनाथ बराल, भिम कार्की, सिता गिरी र शारदा सुबेदी चयन भएका छन् ।

कमेन्टहरु
Loading...