नेकपा गण्डकी प्रदेशका पदाधिकारी जिल्ला जिल्लामा, एक हप्तामा सबै जिल्लाको बैठक सक्ने

पोखरा, २१ असोज /नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेशले मातहतका ११ जिल्ला पार्टीहरुलाई सक्रिय पार्ने अभियान सुरु गरेको छ ।

पार्टी एकतापछि गण्डकी प्रदेशमा बनेको पार्टीको प्रदेश स्तरीय संयन्त्रले जिल्ला संयन्त्रहरु बनाएर बैठक सुरु गरेको हो । त्यसक्रममा शनिवार

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको उपस्थितीमा गोर्खा संयोजन समितिको वैठक तथा प्रशिक्षण कार्यक्रम आयोजना भएको प्रदेश

अध्यक्ष हितराज पाण्डे उत्तमले जानकारी दिए ।

प्रदेश संयोजन समितिले पार्टी जिल्ला संयोजन समिति कास्कीको बैठक आईतवार सम्पन्न गरेको सोमवार स्याङ्जाको बैठक आयोजना

गरिने भएको छ ।

गण्डकी प्रदेशका मुख्यमन्त्री तथा प्रदेश इञ्चार्ज पृथ्बीसुब्बा गुरुङ तथा सह इञ्चार्ज खगराज अधिकारी, अध्यक्ष पाण्डे र सचिव गोबिन्द

नेपालीको समेत उपस्थितीमा हुने यस्तै बैठकहरु नवलपुरमा यही असोज २३, तनहुँमा असोज २४ तथा पर्वत, म्याग्दी , बाग्लुङ, र मनाङमा

असोज २५ र लमजुङमा असोज २६ गते आयोजना हुनेछन् । मुस्ताङको मिति पछि तय गरी पार्टीको प्रदेश कार्यालयले जनाएको छ ।

अन्तरिम रुपमा बनेको पार्टीको समन्वय समितिलाई पार्टीका पुर्ववत् गतिविधि तलसम्म सञ्चालन गर्न प्रदेशका नेताहरुले निर्देशन

दिएका छन् ।

नेकपा गण्डकी प्रदेशले प्रदेशका स्थानिय निकायहरुको काममा एकरुपता ल्याउनका लागि कार्तिक २२ गते सोमवार बिहान पार्टीको जिल्ला

कार्यालय शान्ति बनबाटिकामा प्रदेशका सबै स्थानिय निकायका प्रमुख र उपप्रमुखहरुको भेला समेत आयोजना गरेको पार्टीका प्रदेश सचिव

गोबिन्द नेपालीले जानकारी दिए ।

कमेन्टहरु
Loading...