नेविसंघ तीन जना नेता साधारण तारेखमा रिहा

पोखरा, २५ माघ /नेपाल विद्यार्थी संघका तीन जना नेतालाई जिल्ला अदालत कास्कीले साधारण तारेखमा छाडेको छ । विद्यार्थीहरु रिहाईको माग सहित नेविसंघले आन्दोलन गर्दै आएको थियो ।

तीन जना विद्यार्थीलाई जिल्ला अदालतले साधराण तारेखमा छाडेको नेविसंघका केन्द्रिय सदस्य भानु ढकालले जानकारी दिए । पोखरा महानगरपालिका शिक्षा शाखाको गाडी जलाएको आरोपमा प्रहरीले नेविसंघका ५ नेतालाई पक्राउ गरेको थियो ।

पक्राउ परेकामध्ये राजेन्द्र बराल र लक्ष्मी पौडेल पहिले नै छाडेको थियो भने परशुराम बस्नेत, डिफान भुजेल र विनय पौडेललाई शुक्रबार अदालतले साधारण तारेखमा छाडेको हो ।

कमेन्टहरु
Loading...