नेविसंघको ४८ औं वार्षिकोत्सव, पोखरा विभिन्न कार्यक्रम

पोखरा, ७ बैशाख/नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ पृथ्वीनारायण क्याम्पस इकाइ समितिले आफ्नो ४८औँ स्थापना दिवसको अवसरमा विद्यार्थी भेटघाट कार्यक्रम आयोजना ग¥यो ।

पृथ्वीनारायण क्याम्पसमा बुधबार आयोजित कार्यक्रममा शुभकामना व्यक्त गर्दै नेविसंघका केन्द्रीय सदस्य भानु ढकालले आशन्न निर्वाचनमा सबै क्षेत्रमा कांग्रेसलाई जिताउन विद्यार्थीहरु एकतावद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिए । उनले कांग्रेस बिना मुलुकको संवृद्धि हुन नसक्ने भएकाले पनि अबको निर्वाचनमा कांग्रेसलाई शक्तिशाली पार्टी बनाउन आवश्यक रहेको बताए ।

नेता ढकालले आशन्न निर्वाचन, संविधान कार्यान्वयन, परिवर्तित संरचना, स्थानीय तहको अधिकार, समसामयिक शैक्षिक मुद्धा, राष्ट्रिय एवम् विकास र समृद्धि कांग्रेसबाट मात्रै सम्भव रहेको स्पष्ट पारे । उनले निरंकुश पञ्चायती सत्ताविरुद्ध प्रजातन्त्र पुनःस्थापनाका लागि नेविसंघले नेतृत्वदायी भूमिका खेलेको भन्दै भने–“लामो समयपछि मुलुकले संविधान पाएको छ यसलाई कार्यान्वयन गर्नका लागि नेविसङ्घले महत्वपूर्ण भूमिका खेल्नेछ ।”

संघका केन्द्रीय सदस्यद्वय गोपाल गुरुङ र देवकृष्ण पराजुली तथा पूर्व केन्द्रीय सदस्य गोविन्द लामिछानेले वैशाख ३१ गते हुने स्थानीय चुनावमा सबै ध्यान केीनद्रत गर्न निर्देशन दिए । कार्यक्रममा नेविसंघ कास्कीका नेताहरु समित केसी र विकास थापा, तरुण नेता जितेन्द्र कायस्थ लगायतले अबको चुनावमा कांग्रेसलाई जिताउन नेविसंघको भूमिका महत्वपूर्ण हुने बताएका थिए ।

संघका इकाइ अध्यक्ष दीपक शर्मा वाग्लेको अध्यक्षतमा भएको कार्यक्रममा स्वागत स्ववियू चुनावका उम्मेदवार राजेश हमालले र संचालन नेविसंघ नेता कपिल भट्टले गरेका थिए । यसैगरी नेविसंघ विन्दवासिनी संस्कृत विद्यापीठमा पनि संघको वार्षिकोत्सव मनाइएको छ । कार्यक्रममा सामूहिक स्वस्ती वाचन र केक काटेर वार्षिकोत्सव मनाइएको इकाइ अध्यक्ष गिरीराज शर्माले जानकारी दिए ।

अध्यक्ष शर्माका अनुसार कार्यक्रमका प्रमुख अतिथि क्याम्पसका प्रचार्य अम्विका प्रसाद भट्टराई विद्यार्थीहरु राज्यको भावी कर्णधार भएकाले मुलुकको प्रत्येक गतिविधिमा विद्यार्थीको सहयोग र भूमिका महत्वपूर्ण हुने बताए । कार्यक्रममा नेविसंघका केन्द्रीय सदस्य भानु ढकाल, विद्यार्थी नेताहरु विकास थापा र समित केसी सहभागी थिए ।

कमेन्टहरु
Loading...