नेवि संघको सदस्यता वितरण अभियान शुरु, छोरेपाटन माविको अध्यक्षमा पौडेल

पोखरा, ४ जेठ/नेपाल विद्यार्थी (नेवि) संघ कास्कीको सदस्यता वितरण अभियान शुरू गरेको छ । नेवि संघ कास्कीले बिहीबार पोखरा १७ स्थित छोरेपाटन मावि मा रोशन ढकालको अध्यक्षतामा ८१ सदस्य नेवि संघ इकाई समिति गठन गरेको छ । सोही अवसरमा नेवि संघको १५० सदस्यता समेत वितरण गरेको छ ।

छोरेपाटन मावि का नेविसंघ इकाई अध्यक्ष सागर राज पौड़ेलको अध्यक्षतामा भएको कार्यक्रमा नेवि संघ कास्कीका अध्यक्ष विक्रमादित्य सिंह गिरीले छोरेपाटन माविबाट प्रारम्भ गरेको संगठन विस्तार कास्कीका लगभग सबै विद्यालयमा पूगी नेवि संघको संगठन विस्तार गर्दै सदस्यता वितरण गर्ने बताए ।

नेपाली कांग्रेस र नेवि संघको शिक्षा क्षेत्रमा गरेको योगदानलाई मध्यनजर गर्दै नेवि संघ बन्न सम्पूर्ण विद्यार्थीहरूलाई आग्रह गरे । कार्यक्रममा नेवि संघ जनप्रिय क्याम्पसका इकाई अध्यक्ष प्रविन पौड़ेल, नेवि संघ कास्कीका नेता विश्वास तिमिल्सिना ,नेवि संघ कास्कीका पूर्व जिल्ला सदस्य सागर पौड़ेल लगायतका नेताहरूले शुभकामना दिएका थिए ।

कमेन्टहरु
Loading...