विद्यार्थी नेता रिहाईको माग गर्दै चरणबद्व आन्दोलन

पोखरा, २२ माघ । पोखरामा शनिवार पक्राउ गरिएका नेवि संघका विद्यार्थी नेताहरुको रिहाईको माग गर्दै पोखरामा चरणबद्व दबाबमुलक आन्दोलन गरिने भएको छ ।

नेपाली काँग्रेस कास्कीको सोमबार बसेको बैठकले सो निर्णय गरेको हो । बैठकले विद्यार्थी नेताहरु परशुराम बस्नेत, डिफान भुजेल र विनय पौडेललाई झुट्टा मुद्वा लगाई थुनामा राखेको भन्दै तत्काल रिहा गर्न माग गरेको छ ।

रिहाईको मागगदै मङ्गलबार प्रशासन कार्यालयमा डेलिगेशन जाने कार्यक्रम तय भएको जिल्ला सदस्य नवीन सिग्देलले जानकारी दिए ।

बैठकले आइतबार मसाल जुलुस प्रदर्शनका क्रममा प्रहरीले हस्तक्षेप गरेको घटनाको निन्दा गर्दै घाइते विद्यार्थी नेता पशुपति भट्टराईको शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ । त्यस्तै, सोमबारको प्रदर्शनमा सहभागि सवैप्रति धन्यवाद व्यक्त गरेको छ । बैठक कास्की काँग्रेसका सभापति कृष्ण केसीको अध्यक्षतामा भएको थियो ।

कमेन्टहरु
Loading...