मुल्य बुद्धिको विरोधमा नेविसंघ सडकमा

लेखनाथ, १० जेठ/पेट्रोलियम पदार्थमा भएको मुल्य बुद्धिको विरोध गर्दै नेपाल विद्यार्थी संघले राँके जुलुस निकालेको छ । ४८ घण्टा भित्र इन्धनको मूल्यबृद्धि फिर्ता नगरे आन्दोलनको आँधिवेरी सृजना गर्ने नेविसंघको चेतावनी समेत दिएको छ ।

नेविसंघले सरकारले पटक पटक इन्धनमा गरेको मूल्य बृद्धिको विरोधमा बुधबार पोखरा लेखनाथ २७ तालचोकमा विरोध सभा र राँके जुलुस समेत निकालेको छ । तालचोकमा राँके जुलुस सहित सम्पन्न कोण सभामा नेपाल विद्यार्थी संघका केन्द्रिय सदस्य भानुभक्त ढकालले इन्धनमा पटक पटक गरिएको मूल्य बृद्धि ४८ घण्टा भित्र फिर्ता गर्न आग्रह गर्दै नेविसंघको आग्रहलाई कम आकलन गरे देशै भरी शसक्त आन्दोलन गर्ने चेतावनी दिए ।

सोही विरोध कार्यक्रमम वोल्दै नेपाली काग्रेस कास्की जिल्ला सदस्य रामवावु भण्डारीले कम्नीष्ट सरकारको आगमन सँगै मुल्य वृद्धी आकाशिएको हँुदा अव यो सरकारको आयु समेत घट्दै गएको उद्घोष गरेका छन् । शान्तिपूर्ण तरिकाले नेपाली जनताले आफ्नो हकअधिकारका लागि शान्तिपूर्ण तरिकाले गरेका विरोध कार्यक्रमलाई प्रहरीले गरेको दमन प्रति समेत नेताहरुले भर्सना गरेका छन् ।

कार्यक्रममा पृथ्विनारायण नेविसंघ इकाइ सभापति दिनेश शर्मा, कास्की जिल्ला नेता समित केसी, नेविसंघ पोखरा लेखनाथ ३३ ईकाई सभापती उज्वल चापागाइ, नेविसंघका जिल्ला नेता सागर रानाभाट लगाएतले विद्यार्थीहरुको उचित मागलाई चाँडो भन्दा चाँडो सम्बोधन गरी इन्धनमा भएको मूल्य बृद्धि फिर्ता गर्न माग गरेका थिए । सरकारले मुल्य वृद्धी फिर्ता नलिए सम्म आन्दोलन जारी रहने कार्यक्रम संयोजक राजिव वावु भण्डारीले जानकारी दिए । कार्यक्रमको सञ्चालन विद्यार्थी नेता सरोज शाहले गरेका थिए ।

कमेन्टहरु
Loading...