आचारसंहिता विपरित मन्त्रीपरिषद् विस्तार, कमल थापा उपप्रधानमन्त्री

काठमाडौं,  २७ असोज/निर्वाचन आचारसंहिता विपरित प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीपरिषद् विस्तार गरेका छन् । प्रधानमन्त्री देउवाले राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरुलाई मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।मन्त्रीपरिषद विस्तारसँगै राप्रपा अध्यक्ष कमल थापा उपप्रधानमन्त्री बनेका छन् ।त्यस्तैगरी राप्रपाका नेताहरु दिलनाथ गिरी, विक्रम थापा र जयन्त चन्द विनाविभागीय मन्त्रीमा नियुक्त भ​एका छन् ।

भास्कर भद्रा, कुन्ती साही, सुशील श्रेष्ठ र कान्ता भट्टराई राज्यमन्त्रीमा नियुक्त भ​एका छन् । मन्त्रीहरुको मन्त्रालय भने कसैको पनि तोकिएको छैन । योसँगै देउवा सरकार ६४ सदस्यीय भएको छ । शनिबार​ नवनियुक्त मन्त्रीहरुको नाम राष्ट्रपति समक्ष पठाउने र सपथ गराउने सरकारको तयारी छ । निर्वाचन आचारसंहिता विपरित सरकारले मन्त्रीपरिषद् विस्तार गरेको निर्वाचन आयोगले जनाएको छ ।

आयोगले चुनावको मुखमा कुनै अप्रिय कदम नचाल्न सरकारलाई भनिरहेको बेला सरकारले मन्त्रीपरिषद् विस्तार गरेको हो ।आयोगले आचारसंहिता विपरित भनेकोमा नवनियुक्त उपप्रधानमन्त्री थापाले आयोगले आचारसंहिता विपरित कार्य गर्नेलाई कारवाही गर्नु र निर्णय सच्याउनु आयोगको संबैंधानिक दायित्व भएकाले आचारसंहिता विपरित भए निर्णय उल्याउन भन्दै ट्वीट गरेका छन् ।

कमेन्टहरु
Loading...