मादी गाउँपालिकाको केन्द्र सार्न लागेको भन्दै काग्रेसको आपत्ति

पोखरा, १८ असार/नेपाली काँग्रेस मादी गाउँ पालिका कार्यसमिति र नेपाली काँग्रेसका तर्फवाट मादी गाउँ पालिकामा निर्वाचित जनप्रतिनिधीहरुको संयुक्त वैठक मादी गाउँपालिकाको केन्द्र सार्न लागेकोमा आपत्ति जनाएको छ ।

नेपाली काँग्रेस मादी गाउँ पालिकाका संयोजक देवीजंग गुरुङ्गको सभापतित्वमा वसेको वैठकले नेपाल सरकारको नियमावली अनुसार मादी गाउँ पालिकाको याङ्जाकोट झ्यालीपोखरीबाट केन्द्र परिवर्तन गर्ने एक्लौटी निर्णय खारेजीको माग गरेको छ ।

बैठकले १२ वटै वडाहरुलाई पायक पर्ने स्थान मादी करिडोरमा केन्द्र राख्नुपर्ने माग गरेको छ ।वैठकले ५ औं गाउँ सभामा नेपाली काँग्रेसका तर्फवाट निर्वाचित जनप्रतिनिधीहरुले राखेको संशोधन प्रस्ताव माथि छलफल नगरी सहमती, सहकार्य, र एकतालाई लत्याएर जवरजस्ती गरेमा आषाढ २० गते बोलाइएको गाउँ सभामा आफ्ना प्रतिनिधीहरु सभामा उपस्थित भएर विरोध सहित वहिष्हकार गर्ने बुधबार जारी विज्ञप्तीमा उल्लेख छ ।

अघिल्लो वर्षका महत्वपूर्ण निर्णयहरु कार्यान्वयनमा जाने प्रतिवद्धता व्यक्त नगरेमा २० गतेको सभा वहिष्कार गर्दै २१ गतेको घोषणा सभामा प्रमुख अतिथिलाई विरोध सहित कालो झण्डा देखाउने र गाउँ पालिका भरी भण्डाफोर अभियान सञ्चालन गर्ने विज्ञप्तीमा उल्लेख छ ।

मादी गाउँ पालिकाको पाँचौं सभा मार्फत गाउँ पालिका अध्यक्ष वेद वहादुर गुरुङ्ग (श्याम) ले प्रस्तुत गरेको नीति तथा कार्यक्रम र बजेट एकलौटी, वहुमतीय पूर्वाग्रही रहेको उनीहरुको आरोप छ ।

मादिका १२ वटै वडाहरुमा वरावर योजना तयार नगरिएको, वडाको योजना वडाध्यक्ष मार्फत नभै गाउँ पालिका अध्यक्षले चयन गरेको, अनुदान एवं अध्यक्ष उपाध्यक्ष संग जोडिएको वितरणमुखी वजेटको अनुगमन कार्यविधी तयार नगरिएको, हाईड्रोसंग लिनुपर्ने रकम असुली नभएको, दोहोरो तलव भत्ता तथा सुविधा लिएको, सवारी साधन फजुल खर्च वढेको, घरभाडा एवं प्रयोग विहिन सुविधा लिएको लगाएतका आरोप काग्रेसले लगाएको छ ।

विज्ञप्ती मादी गाउँपालीकाका प्रतिपक्षी दलका नेता यम बहादु गुरुङ र नेपाली काँग्रेस मादी गाउँपालिका सचिब भानु ढकालले जारी गरेका छन् ।

 

कमेन्टहरु
Loading...