स्वतन्त्र उमेद्वार पहारिको चुनाव चिन्ह सयपत्रि फुल

पोखरा,२४,असोज। संविधान सभाको चुनावका कास्की क्षेत्र नं ३ का प्रत्यक्ष तर्फका स्वतन्त्र उमेद्वार माधव पहारीलाई निवार्चन आयोगले चुनाव चिन्ह सयपत्रि फुल प्रदान गरेको छ । विहीवार पत्रकार सम्मेलनको आयोजना गरि चुनाव सार्वजनीक गरेको हुन् । उनले जितेमा राज्यश्रोतवाट पाउने तलव भक्ता एक रुपया पनि व्यक्तिगत प्रयोजनका लागि नलिने घोष्णा गर्दे उक्त रकम क्षेत्र नं ३ कै विकासका लागि खर्चिने प्रतिवद्धता समेत व्यक्त गरे ।

चुनावी अवधारणापत्र दशैपछि मात्र सार्वजनिक गर्ने जानकारी गराउदै आफ्नो मुल मुद्धा जातिय राज्य र आरक्षणको विपक्षको साथमा हिन्दु गणराज्यका पक्षमा कडा रुपमा वकालत गर्ने वताए । स्वतन्त्र व्यक्तिहरु सिधै जनताहरुका पछि जवाफदेहि हुने र कसैको इसारा वा निर्देशनमा यन्त्रमानव झै चल्नुपर्ने वाध्यता नहुने भएकाले स्वतन्त्र व्यक्तिहरुको संविधान सभाको निर्वाचनमा ठुलो भुमिका रहने भएकाले क्षेत्र नं ३ का जनताहरुले स्वतन्त्र व्यक्तिको महत्व ्र आवश्यकतालाई वुझी मतदान गर्ने कुरामा विश्वस्त भएको दावी गरे ।

साथै आफुले उठाएका मुद्धा तथा प्रतिज्ञा अन्य कोही उमेद्वारले लिएर हिड्ने प्रतिवद्धता गरे चुनावी मैदानवाट पछि हटी उनीहरुको झोला वोकेर हिड्न तैयार भएको भन्दै अहीलेसम्म उक्र व्यक्त कोही नभेटिएको वताए । अहीलेको संविधानसभामा सभाषद्को जागिर खाने र माउतेको इसारामा हिड्ने हाक्ति झैे राष्ट्र र समाजका निम्ती केही दिन नसक्ने व्यक्तिहरुलाई जनताले विश्वास गर्न नसक्ने भएका कारण निस्वार्थ भावनाले राष्ट्र ऋण र जनताको ऋण तिर्न खोज्ने त्याही र स्वतन्त्र व्यक्ती नै जनताको विश्वासका पात्र भएका कारण जनताले आफुलाई जिताउने कुरामा आफु विशवस्त भएको वताए ।साथै अवको एक्काइसौ सताव्दीमा जनताहरु पार्टीको अन्धवक्त भन्दा पनी व्यक्ती, उसको आचरण अनी उसले उठाएका मुद्धाहरुलाई गहन रुपमा अध्ययन गरी भोट हाल्ने कुरामा आफु विश्वस्त भएको धारणा समेत व्यक्त गरे ।

कमेन्टहरु
Loading...