कांग्रेसका महादेव गुरुङ्गलाई जिताउने फेवा जलाधारवासीको प्रतिवद्धता

कात्र्तिक २२, पोखरा/नेपाली कांग्रेस कास्की क्षेत्र नम्बर नं ४ अन्तरगत पर्ने फेवाताल क्षेत्रका नागरिकले आफ्नो फेवाको नेता महादेव गुरुङ्गलाई अत्यधिक वहुमतले जिताउने प्रतिवद्धता गरेका छन् । फेवा जलाधार क्षेत्रका सराङ्गकोट, कास्कीकोट, ढिकुरपोखरी, भदौरे तामागी, चापाकोट, पुम्दीभुम्दीका स्थानिय मतदाताले घरदैलोमा पुगेका गुरुङ्गलाई जिताई छाड्ने वाचा गरेका छन् । विगतमा हामीले जे ग¥यौ, गल्ती ग¥यौ,–तर यसपाली हामी त्यस्तो गल्ती गर्ने पक्षमा छैनौ, कांग्रेसका उम्मेदवारलाई अत्यधिक वहुमतले जिताउछौं,–सराङकोटका स्थानिय वीरवहादुर थापाले घरदैलोमा पुगेका उम्मेदवार गुरुङ्गलाई भन्नुभयो । 
mahadev grgफेवातालको जलाधार क्षेत्र पञ्चासे जोड्ने पहिलो मोटरवाटो निर्माण संगै यस क्षेत्रको विकासमा महत्वपूर्ण योगदान दिनुभएका गुरुङ्गसंग यस क्षेत्रका जनताले अझै धेरै आश गरेको कास्कीकोटका स्थानिय वासिन्दा खिमनाथ तिमिल्सीनले वताउनुभयो । तिमिल्सीनाले भन्नुभयो–गुरुङ्ग जिल्ला विकास समिति कास्कीको सभापति हुँदा वैदाम पामे मोटरवाटोको ट्रयाक खोल्दा सरकारले मोटरवाटो नखन्न वारेन्ट जारी गर्दा पनि जनताको मागको सम्वोधन गर्दै, जनहितकारी काममा कसैसंग सम्झौता नगरेको स्मरण गर्नुभयो ।

विगतमा भोट अन्त हालेर हामीले दुख पायौ, यसपाली यस क्षेत्रका जनताहरुले प्रजातान्त्रिक पार्टी नेपाली कांग्रेससंग ठूलो आस गरेको ढिकुरपोखरीका स्थानिय विष्णु दाहालले भन्नुभयो । हाम्रो गाँउमा न विकास भयो न देशमा संविधान नै वन्यो, त्यसैले हामी अहिले कांग्रेसलाई भोट हालेर चुनाव जिताउछौ, घरदैलोमा उम्मेदवार महादेव गुरुङ्गसंगको भेटमा दाहालले थप्नुभयो,–यो ढिकुरपोखरी वासीको प्रतिवद्धता पनि हो ।

घरदैलोमा गएका नेपाली कांग्रेस क्षेत्र नं ४ का उम्मेदवार गुरुङ्गलाई फेवाताल मुहानका गाँउका स्थानिय मतदाताले भव्य स्वागत गर्दै, गुरुङ्ग यस क्षेत्रको विकासप्रेमी नेता भएकाले यहाँको विकास संगै देशमा संविधान निर्माण गर्ने प्रक्रियामा नेपाली कांग्रेसका तर्फवाट महत्वपूर्ण भूमिका निर्वाह गर्न आग्रह समेत गरेका छन् ।

कमेन्टहरु
Loading...