माछापुच्छ्रे गाउँपालिकाको उमेद्वार छनौट गर्न एमालेमा निर्वाचन

पोखरा, ७ बैशाख /कास्कीको माछापुच्छ्रे गाउँपालिकाको अध्यक्षको उमेद्वार छनौट गर्न एमालेले निर्वाचन नै गरेको छ । आकाक्षी धेरै भए पछि निर्वाचनबाट दुई जनाको नाम छनौट गरेको हो । अध्यक्षका लागि ११ जना आकांक्षी देखि पनि निर्वाचनमा जाने भने पछि ६ जनाले नाम फिर्ता लिएका थिए ।

निर्वाचनबाट यदु  अधिकारी र कर्ण गुरुङ छनौट भएका छन् । अध्यक्षका लागि महिलाको भने उमेद्वारी नपरे पछि गाउँपालिका कमिटिले दुई जनाको नाम मात्रै प्रदेश कमिटिलाई सिफारिस गरेको छ । यदु अधिकारी क्षेत्रीय कमिटि सचिबालय सदस्य , अार्थिक बिभाग प्रमुख, पोखरा उद्योग वाणिज्य संघका सदस्य हुन् भने कर्ण गुरुङ एमालेको जिल्ला कमिटि सदस्य हुन् ।

उपाध्यक्ष तर्फ ७ जना महिलाहरु आकांक्षी देखिएका थिए । सर्बसम्बतबाट तीन जनाको नाम छनौट गरेको एमालेका नेताले जानकारी दिए । उपाध्यक्षका लागि कमला पौडेल, सीता कुमारी अधिकारी र कृष्णकुमारी दवाडीको नाम सिफारी गरेको छ ।
छनौट कमिटिका संयोजक जिल्ला सचिवालय सदस्य दिपक पौडेल र चुनाव संयोजक जगन्नाथ बास्तोलाले प्रदेश कमिटिलाई नाम सिफारी गरेका हुन् ।

कमेन्टहरु
Loading...