माओवादी केन्द्र माछापुच्छे« गाउँपालिकामा भण्डारी

पोखरा, ११ चैत/नेकपा माओवादी केन्द्र कास्कीले पार्टी संगठनलाई राज्य पुर्नसंरचनाको परिर्वतित संरचना अनुसार लैजाने क्रमलाई तिर्वता दिएको छ । सोही अनुसार विहीवार माछापुच्छ«े गाउँपालिकाको भेलाले पार्टी केन्द्रीय सदस्य नवराज भण्डारीको संयोजकत्वमा ५१ सदस्सिय सम्मेलन आयोजक समिति गठन गरेको छ ।

चैत २५ गतेभित्र गाउँपालिका अन्तर्गतका ९ वटै वडाहरुको वडा सम्मेलन गरिसक्ने र २६ गते गाउँपालिकाको अधिवेशन गर्ने निर्णय भएको संयोजक भण्डारीले जानकारी दिए ।

पोलिटव्युरो सदस्य तथा कास्की जिल्ला ईन्चार्ज राजकाजी गुरुङ(करण)को प्रमुख आतिथ्यतामा सम्पन्न भेलामा नेता करणले केही राजनीतिकदलहरुलाई असम्भव जस्तै लागेका एजेण्डाहरु माओवादीले पुरा गरेको धारणा राखे ।

भेलामा वोल्दै पार्टी पोलिटव्युरो सदस्य तथा कास्की सह–इन्चार्ज रामजी वराल(जिवन)ले आसन्न निर्वाचनमा हार्ने छुट माओवादीलाई नभएको भन्दै माओवादी केन्द्रको विजयी सुनिश्चित हुने गरि चुनावमा होमिन कार्यकर्तालाई आग्रह गरे ।

कमेन्टहरु
Loading...