पोखरा ४ को अध्यक्षमा एमालेको उमेद्वार ढाकामोहन

पोखरा, ५ वैशाख/नेकपा एमाले पोखरा ४ वडा कमिटीले स्थानीय तह निर्वाचनको लागि सर्वसम्मत उमेद्वार छनोट गरी जिल्लामा पठाएको छ । । वडा नम्बर ४ को अध्यक्षमा कृष्ण पराजुली (ढाकामोहन)लाई एमालेको वडा कमिटीले सर्वसम्मात अध्यक्षको उम्मेदवार छनोट गरेको हो ।

वडा नम्बर ४ मा महिला सदस्य सम्झना अधिकारी, दलित महिला सदस्यमा कमला सिके, खुल्ला सदस्यमा अनीलबहादुर कोइराला र अब्दुल हमिद मियालाई सिफारिस गरिएको वडा कमिटीका अध्यक्ष शंकरबहादुर कोइरालाले जानकारी दिए । ढाकामोहन विगत ३० वर्षदेखि एमालेका राजनीतिमा सक्रिय छन् ।

कमेन्टहरु
Loading...