संसद बैठकमा ओलीले भने ‘तत्काल राष्ट्रपतिको चुनाव गर

काठमाडौं, २४ माघ/नेकपा एमाले संसदीय दलका नेता केपी ओलीले तत्काल राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन हुनुपर्ने बताएका छन् । व्यवस्थापिका संसदको बैठकमा शुक्रबार ओलीले मुल्य मान्यताको राजनीति गर्न कांग्रेसलाई आग्रह गरेका छन् ।

केपी ओली
केपी ओली

‘लोकतान्त्रिक मुल्य र मान्यता नबिर्सन म कांग्रेसका नेताहरुलाई आग्रह गर्छु’ उनले भने, ‘निर्वाचित निकाय अर्को आइसकेको स्थितिमा पनि पूरानै मान्छे पदमा बस्न मिल्ने कहाँको लोकतान्त्रिक कुरा हो रु लोकतान्त्रिक मान्यता अनुसार राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन यो संसदले गर्नुपर्छ ।’

कमेन्टहरु
Loading...