सरकारलाई अलोकप्रिय बनाएन विपक्षी लागे- प्रधानमन्त्री ओली

प्रधानमन्त्रीलाई पोखरामा कालो झण्डा

पोखरा, १२ फागुन / नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई अलोकप्रिय बनाउन विपक्षीहरू कम्मर कसेर लागेको बताएका छन् । नेकपाको गण्डकी प्रदेशस्तरीय प्रशिक्षणलाई सोमबार सम्बोधन गर्दै ओलीले विपक्षीले जनतामा भ्रम छर्ने काममा विपक्षी लागेको बताए । उनले नन् इस्युलाई इस्यु बनाएर भ्रम छर्ने काम गर्ने गरेको बताए ।

संसदमा के विषयमा विधेयक लिएर गएको छ भन्दा पनि विपक्षीले कुरै नबुझी विरोध गर्ने गरेको प्रधानमन्त्री ओलीको भनाई छ । पछिल्लो समय सरकारले पेश गरेका मिडिया काउन्सिल, सूचना प्रविधि, मानव अधिकार सम्बन्धी विधेयकहरू प्रतिपक्षी दलले विरोध गरेको बताए ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले धेरै कम्युुनिस्ट नेताहरु जनतामा जान छाडेको र नव सामन्त जस्तो भएको बताए । जनता र कम्युनिस्ट सरकारको सम्बन्ध बिग्रदै गएको भन्दै उनले सम्बन्ध सुधारमा जोड दिए । कम्युनिस्ट पार्टीको अस्तित्व सकिने गरी अन्तरघाती काम नगर्न नेता कार्यकर्तालाई आग्रह गरे । मंगलबार सम्म चल्ने प्रशिक्षण कार्यक्रममा गण्डकी प्रदेशका नेकपाका नेता तथा कार्यक्रताहरु सहभागी रहेका छन् ।

पोखरामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झन्डा देखाउन खोज्ने ६ जना विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको । पोखरा स्थित सभागृह गेटमा नाराबाजी गरिरहेका समाजवादी विद्यार्थी युनियनका उपाध्यक्ष नेत्र चापागाई, प्रभास भट्टराई, रेशम सापकोटा, विशाल तिमिल्सिना र नेविसंघका जिएमसी उपाध्यक्ष ह्देश विक्रम पौडेल र सदस्य असिम पौडेललाई क्याम्पस अघिबाट पक्राउ गरेका हो । प्रशिक्षण कार्यक्रमलाई सम्बोधन पोखरा सभागृहमा आउने क्रममा कालो झण्डा देखाउन खोजेका हुन् ।

कमेन्टहरु
Loading...