जनताले बोकाइदिएको भारी सही ठाउँमा पुर्याएर बिसाउछुः पौडेल

पोखरा, ५ मंसिर / कास्की क्षेत्र नं. २ का उम्मेदवार खेमराज पौडेलले जनताले बोकाइदिएको भारी सही ठाउँमा पुर्याएर बिसाउने बताएका छन् । बिहीबार पोखरा–१६ मा आयोजित सभामा उनले आफूले जनताकै लागि ६० वर्ष राजनीति गरेको भन्दै अबको जिम्मेवारी पनि सफलतापूर्वक निर्वाह गर्ने स्पष्ट पारे ।

आफूलाई लोभ, लालसा र मोह केही नभएको उम्मेदवार पौडेलले देश र जनता सबैभन्दा माथि हुने बताए । उनले भने, ‘पार्टी एकठाउँमा हुन्छ, राजनीति पनि गरिन्छ । तर देश र जनता सबैभन्दा माथि हुन्छ ।’ उम्मेदवार पौडेलले कम्युनिष्ट सरकारबाट जनता त्रसित अवस्थामा रहेको बताए ।

उक्त अवसरमा नेता धनराज गुरुङले त्यागी, इमान्दर र निष्ठावान व्यक्तित्व खेमराज गुरुलाई जिताउँदा पोखरेलीको इज्जत नै माथि हुने बताए । उनले भने, ‘खेमराज गुरु सबैले सम्मान गर्न लायक व्यक्तित्व हुनुहुन्छ । उहाँ संस्कारी नेता पनि हो । धर्म संस्कारलाई उहाँले सधैं शिरमा राखेर हिंड्नु भएको छ । त्यसैले उहाँलाई विजय गराउनु पोखरेलीको कतव्र्य हो ।’

मराज जस्ता व्यक्तित्वलाई जिताएर देशैभर इमान्दार व्यक्ति राजनीतिमा आवश्यक पर्छ भन्ने सन्देश दिन पनि आवश्यक रहेको उनले बताए ।

धर्म संस्कार छोड्न हुँदैन

उम्मेदवार खेमराज पौडेल, नेता धनराज गुरुङ लगायतले पोखरा–१६, जोगिमणीस्थित रनबहादुर गुरूङको परिवारलाई भेटेर समवेदना प्रकट गरेका छन् ।

रणबहादुर गुरुङको ९७ वर्षको उमेरमा केही दिन अघि निधन भएको थियो । स्व. रणबहादुरका छोराहरू योगबहादुर र रुन बहादुर गुरुङका साथै परिवारजनलाई भेटेर पौडेलले समवेदना प्रकट गरेका थिए ।

उक्त अवसरमा उम्मेदवार पौडेलले आफ्नो धर्म, संस्कार छोड्न नहुने बताए । अरूले ७ दिन मै काजकिरिया सके पनि धर्म संस्कार अनुसार नै गर्नुपर्नेमा उनको जोड थियो ।

कमेन्टहरु
Loading...